क्यानाडामा उपाधिको विकल्पहरू

उत्तर माध्यामिक अध्ययन संस्थानहरूमा, अध्ययन संस्थानको किसिम तथा अध्ययन कार्यक्रमको अवधिका आधारमा डिग्री, डिप्लोमा तथा सर्टिफिकेट योग्यता प्राप्त गर्न सकिन्छ। क्यानडामा उपाधिको विकल्प का लागी विश्वविद्यालय तथा विश्वविद्यालय कलेजहरूमा, डिग्री कार्यक्रमहरूमा जोड दिइएको हुन्छ। केही कलेजहरूमा एप्लाइड डिग्रीहरू प्रदान गरिन्छ। अन्य सबै अध्ययन संस्थानहरूमा, डिप्लोमा तथा सर्टिफिकेटमा जोड दिइएको हुन्छ।

डिप्लोमा तथा सर्टिफिकेट - एसोसिएट डिग्री (1-2 वर्ष)

क्यानडामा डिग्रीको विकल्प का लागी कलेज तथा अध्ययन संस्थाहरूमा प्राथमिक तवरमा डिप्लोमा तथा सर्टिफिकेट प्रदान गरिन्छ, र केहीमा भने कुनै क्षेत्रमा विशेषज्ञताको डिग्रीहरू प्रदान गरिन्छ। उपलब्ध भएको ठाउँमा, डिग्रीहरू दुई वर्षे एसोसिएट डिग्री वा चार वर्षे एप्लाइड डिग्रीहरू हुन सक्छ। उपाधिको रोजाई का लागी क्यानडामा सामान्यतया, विश्वविद्यालय डिप्लोमा तथा सर्टिफिकेटका लागि कुनै विशेष क्षेत्र वा विषयमा एक वा दुई वर्ष अध्ययनको जरुरत पर्छ। तथापि, यी कार्यक्रमहरू अध्ययन संस्थान अनुसार, र अञ्चल अनुसार फरक पर्दछ।

क्यानडामा डिग्रीको विकल्प का लागी कम्युनिटि कलेजहरू भनेको एक-देखि दुई वर्षे एकेडेमिक तथा प्रि प्रोफेशनल सर्टिफिकेट, डिप्लोमा, दुई वर्षे एसोसिएट डिग्रीहरू र तीन- तथा चार वर्षे विशेषज्ञ स्नातक डिग्री प्रदान गर्ने सरकारद्वारा-व्यवस्थित उत्तर-माध्यमिक अध्ययन संस्थानहरू हुन्। 150 भन्दा धेरै कम्युनिटि कलेजहरूको क्यानाडा भरि 900 भन्दा बढी क्याम्पसहरूमा लगभग 900,000 पूर्णकालीन तथा 1.5 मिल्यन आंशीककालीन शिक्षार्थीहरू अध्ययन गर्छन्। प्रत्येक साल हजारौँको संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानडामा उपाधिको विकल्प का लागी कम्युनिटि कलेजमा अध्ययन गर्ने उद्देश्यले क्यानाडा आउँछन्।

क्यानाडाको कम्युनिटि कलेजहरूलाई कहिलेकाहीँ संस्था, प्राद्यौगिक संस्थान, प्राविधिक कलेज, क्षेत्रिय कलेज, क्युबेक मा CEGEPS (Collège d’enseignement general et professionnel), विश्वविद्यालय कलेज अथवा मात्र कलेज पनि भन्ने गरिन्छ। क्यानाडाको शैक्षिक उपाधिको रोजाई प्रणालीमा कम्युनिटि कलेजहरूले विशेष स्थान ओगटेका छन्। यिनीहरूमा उच्चतम गुणस्तर र व्यापक प्राज्ञिक क्षमतालाई रोजगारदाता-केन्द्रित कार्यक्रमहरू, उद्योगसँग तालमेल तथा प्रशिक्षण अभ्यासहरूका साथमा संयोजन गरिएको हुन्छ। कम्युनिटि कलेजहरूमा कला तथा विज्ञान, साथै विशेषज्ञ पेसा तथा भाषा तालीममा अध्ययन गर्न पाइन्छ। कलेज आफैंमा एउटा सामान्य शिक्षा विद्यालय हुन सक्छ, जहाँ विभिन्न क्षेत्रका विविध विषयहरूमा अध्ययन कार्यक्रमहरू (जस्तै स्वास्थ्य, व्यावसाय, प्राद्यौगिकि, सीपमूलक तालीम, एकेडेमिक अपग्रेडिङ, एप्लाइड तथा क्रिएटिभ आर्ट्स, सोशल सर्भिसेज, हस्पिटालिटि तथा विश्वविद्यालय तयारी) प्रदान गरिन्छ, अथवा यो एकल क्षेत्र-, उद्योग- वा संस्कृति-विशेष कलेज (जस्तै, कलेज अफ फरेस्ट्रि, आर्ट तथा डिजाइन, जस्टिस तथा गभमेन्ट सेफ्टी, वा नेटिभ स्टडीज) पनि हुन सक्छ। तपाईँले क्यानडामा उपाधिको विकल्प का लागी कम्युनिटि कलेजबाट प्राप्त सर्टिफिकेट वा एसोसिएट डिग्रीलाई थप शिक्षा ग्रहण गर्न स्नातक डिग्री पढ्न पाइने संस्थानामा पनि सार्न सक्नुहुन्छ।

अन्डरग्र्याज्युएट – स्नातक डिग्री (तीन-पाँच वर्ष)

ब्याकलोरियट अथवा स्नातक डिग्रीका विद्यार्थीहरूलाई अन्डरग्र्याज्युएट भनिन्छ। उपाधिको रोजाई गर्न क्यानडामा अन्डरग्र्याज्युएटका लागि प्रवेश पाउन माध्यामिक विद्यालय अध्ययन सफलता पूर्वक पूरा गरेको हुन अनीवार्य हुन्छ। अञ्चल अथवा अध्ययन कार्यक्रम सामान्य वा विशेषज्ञ हो त्यसमा भर पर्ने गरि, स्नातक डिग्रीमा सामान्यतया तीन वा चार वर्षको पूर्ण कालीन अध्ययन गर्नुपर्छ। अनर्स ब्याकलोरियटडिग्री भन्नाले प्राय अनर्स विषयमा बढ्ता केन्द्रित गर्दै गहन शैक्षिक उपलब्धी हासिल गरेको बुझिन्छ। क्यानडामा उपाधिको विकल्प का लागी केही विश्वविद्यालयहरूमा, अनर्स डिग्रीका लागि एक वर्ष थप अध्ययन गर्नु पर्ने पनि हुन्छ।

पोस्टग्र्याज्युएट – स्नातकोत्तर डिग्री/विद्यावारिधि डिग्री

क्यानडामा उपाधिको विकल्प का लागी स्नातकोत्तर डिग्रीका लागि अनर्स ब्याकलोरियट उत्तीर्ण गरेपछि सामान्यतया दुई वर्ष अध्ययनको आवश्यकता पर्छ। विद्यावारिधि अध्ययनको लागि सामान्यतया चाहिने योग्यता भने स्नातकोत्तर डिग्री हो। तथापि, विशेष परिस्थितिहरूमा विद्यार्थीहरूलाई अनर्स ब्याकलोरियट अध्ययन कार्यक्रमबाट सोझै विद्यावारिधिका लागि जाने अनुमति पनि दिइएको छ। विद्यावारिधि पूरा गर्नलाई न्यूनतम तीन वर्ष र चार वा पाँच वर्ष अध्ययन तथा शोधकार्य, साथै थेसिसको आवश्यकता पर्छ। डिग्रीलाई प्राय Ph.D. भनिन्छ; तथापि, विद्यावारिधि डिग्रीहरू सङ्गीत (D.Mus.) वा कानून (LLD) जस्ता कुनै विशेष अध्ययनको क्षेत्रहरूमा पनि प्रदान गर्न सकिन्छ।

चिकित्सा, कानून, शिक्षा तथा सामाजिक कार्य जस्ता व्यवस्थित पेसाहरूमा काम गर्ने इजाजतपत्र पाउनलाई सामान्यतया इन्टर्नशीप वा प्र्याक्टिकम गर्नु पर्दछ।

आफ्नो अन्डरग्र्याज्युएट डिग्रीलाई विशेष तालीमका साथ अगमेन्ट गर्न चाहने विद्यार्थीहरूका लागि कतिपय कलेज तथा विश्वविद्यालयहरूमा एक वा दुई वर्षे पोस्टग्र्याज्युएट डिप्लोमा तथा सर्टिफिकेटहरू प्रदान गरिन्छ।