मलेसियामा डिग्रीका विकल्पहरू

सर्टिफिकेट

प्रवेशका आवश्यकताहरू: 1 क्रेडिट सहित SPM / GCE ‘O’ लेभल,अथवा सो सरह योग्यता
उमेर समूह: 17 र सो भन्दा बढी
अवधि: 1 - 1.5 वर्ष

सर्टिफिकेट प्रोग्राम भनेको यस्ता विद्यार्थीहरूका लागि हो जसलाई आफ्नो उच्च शिक्षामा के लक्ष्य राख्नु भनेर थाहा हुँदैन, र सबभन्दा छोटो उपाय रोज्न पुग्छन् र मलेसियाको विश्वविद्यालयमा बैकल्पिक उपाधि प्राप्त गर्नसक्छन्। सर्टिफिकेट प्रोग्राम सामान्यतया यस्ता विद्यार्थीहरूमा पनि लागु हुन्छ जसले हाई स्कूलमा सन्तोषजनक रूपमा उत्तीर्ण गरेका हुँदैनन् र मलेसियामा डिग्रीको विकल्प रोज्न पुग्छन् ।

फाउन्डेशन / प्रि-युनिभर्सिटि

प्रवेशका आवश्यकताहरू: 5 क्रेडिट सहित SPM / GCE ‘O’ लेभल,अथवा सो सरह योग्यता
उमेर समूह: 17 र सो भन्दा बढी
अवधि: 1 - 1.5 वर्ष

उपाधिको रोजाई मलेसियन विश्वविद्यालयहरूमा गर्दा फाउन्डेशन प्रोग्राम, वा प्रि-युनिभर्सिटि प्रोग्रामले विद्यार्थीहरूलाई प्राय विदेशमा सञ्चालित डिग्री अध्ययनको लागि तयार पार्छ। लोकप्रिय फाउन्डेशन प्रोग्राममा क्यानाडाको प्रि-युनिभर्सिटि प्रोग्राम, साउथ अस्ट्रेलियन एडमिशन प्रोग्राम, तथा अमेरिकी डिग्री पर्दछ।

डिप्लोमा

प्रवेशका आवश्यकताहरू: 3 क्रेडिट सहित SPM / GCE ‘O’ लेभल,अथवा सो सरह योग्यता
उमेर समूह: 17 र सो भन्दा बढी
अवधि: 2 - 3 वर्ष

मलेसियाको विश्वविद्यालयमा बैकल्पिक उपाधि हासिल गर्नका लागी डिप्लोमा अध्ययनमा डिग्रीमा जस्तै मड्युलहरू हुन्छन्, तर यसमा डिप्लोमा प्राप्त गर्न कम मड्युलहरू भए पुग्छ। प्राय यो यस्ता विद्यार्थीहरूका लागि हो जो कुनै एक अध्ययन क्षेत्रमा लक्ष बनाउन चाहन्छन् तर दीर्घकालीन समय र/अथवा पैसा उपलब्ध गर्न असमर्थ हुन्छन्। तथापि, धेरैजसो डिप्लोमा अध्ययन कार्यक्रमहरूबाट मड्युलहरू थप गरेर डिग्री अध्ययन गर्न पनि सकिन्छ।

डिग्री

प्रवेशका आवश्यकताहरू: STPM / GCE A-तह अङ्ग्रेजीमा दक्षता अथवा सो सरह योग्यता
उमेर समूह: 19 र सो भन्दा बढी
अवधि: 3 - 5 वर्ष

डिग्रीलाई स्नातक डिग्री वा अन्डरग्र्याज्युएट डिग्री पनि भन्न सकिन्छ र उपाधिको रोजाई मलेसियन विश्वविद्यालयहरूमा गर्न सरल छ । मलेसियामा डिग्रीको विकल्प रोजीगर्दा धेरैजसो विद्यार्थीहरू आफ्नो शैक्षिक जीवनको न्यूनतम उपलब्धीका रूपमा यो योग्यता प्राप्त गर्न चाहन्छन्। केही डिग्रीहरू अनर्स डिग्रीहरू (Hons) का रूपमा प्रदान गरिन्छ, जसमा उत्तीर्ण मात्र नभएर उच्चतम बौद्धिक स्तरको आवश्यकता पर्छ। कुनै कुनै विश्वविद्यालयहरूमा अनर्स डिग्री हासिल गर्नलाई एक वर्ष अतिरिक्त अध्ययनको आवश्यकता पर्छ। डिग्रीको लागि मलेसिया, अस्ट्रेलिया, तथा UK मा सामान्यतया 3 वर्ष; जब कि US तथा क्यानाडामा यसलाई पूरा गर्न 4 वर्ष लाग्छ।

स्नातकोत्तर

प्रवेशका आवश्यकताहरू: न्यूनतम 3 वर्षको उस्तै विषयमा ब्याचलर डिग्री
उमेर समूह: कुनैपनि वयस्क
अवधि: 1 - 3 वर्ष

स्नातकोत्तर डिग्री भनेको कुनै विशेष अध्ययन क्षेत्रमा उच्चतम दक्षता प्रदर्शन गर्ने अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई प्रदान गरिने एउटा एकेडेमिक डिग्री हो। प्राय स्नातकोत्तर अध्ययनहरूमा कुनै न कुनै प्रकारको शोध कार्य पूरा गर्नु पर्छ, जस अन्तर्गत थेसिस लेख्न आवश्यक हुन सक्छ। केही स्नातकोत्तर अध्ययनहरूमा कोर्सवर्कहरू मात्र पूरा गर्नु पर्दछ, अर्थात यसमा विद्यार्थीहरूले बढी मात्रामा कक्षाहरूमा भाग लिनु पर्छ।

विद्यावारिधि (PhD)

प्रवेशका आवश्यकताहरू: न्यूनतम 2 वर्षको उस्तै विषयमा स्नातकोत्तर डिग्री
उमेर समूह: कुनैपनि वयस्क
अवधि: 3 - 5 वर्ष

विद्यावारिधि भन्नाले एउटा एकेडेमिक डिग्री वा प्रोफेशनल डिग्री हो जसले प्राय देशहरूमा यो हासिल गर्ने व्यक्तिलाई कुने विशेष क्षेत्रमा अध्यापन गर्न योग्य बनाउँछ। यसमा विद्यार्थीहरूले आफ्नो अध्ययन क्षेत्रमा लक्ष्यित एवं विस्तारित शोध गर्नुपर्ने र कुनै एकेडेमिक जर्नलमा प्रकाशन योग्य थेसिस लेख्नु पर्ने हुन्छ।

र्र्याङ्किङ

कुनै उपयुक्त लक्ष्यित विश्वविद्यालयको पहिचानका लागि तपाईँ र्र्याङ्किङ सूचकांकको प्रयोग गर्नु हुन्छ भने, र्र्याङ्किङ सूची खडा गर्न उपयोग गरिएको मापदण्डहरू जाँच गर्न तथा यसलाई आफ्नै व्यक्तिगत अध्ययन लक्ष्यसँग तुलना गर्न नभुल्नुहोला। अनाधिकृत नै भएपनि, प्रकाशित र्र्याङ्किङहरू कलेज खोज्ने प्रक्रियामा एउटा राम्रो थालनी हुन सक्छन्। कलेजबारे भन्नु पर्दा आँकडाले मात्र वर्णन नहुने अदृष्य अनुभवहरू पनि हुन्छन्। र्र्याङ्किङ सूचकांक भनेको कतिपय साधनहरू मध्येको एक मात्र हो जसको सहायताले तपाईँले आफ्नो शैक्षिक एवं सामाजिक आवश्यकता पूरा हुने शैक्षिक संस्थानहरू भेटाउन सक्नुहुन्छ। मलेसियाको एउटा प्रचलित र्र्याङ्किङ स्रोत भनेको MQA मलेसियाको उच्च शिक्षा संस्थानहरूको रेटिङ (SETARA '09) हो।

2009 मलेसियाको विश्वविद्यालय तथा विश्वविद्यालय कलेजहरूको रेटिङ

2009 MQA मलेसियाको उच्च शिक्षा संस्थान रेटिङ सिस्टम (SETARA ’09) ले मलेसियाको विश्वविद्यालय तथा विश्वविद्यालय कलेज (U & UC) को अन्डरग्र्याज्युएट तहमा पठन पाठनको गुणस्तरको मापन गर्दछ।

SETARA ’09 रेटिङ इन्सट्रूमेन्टमा पठन पाठनको गुणस्तर मूल्याङ्कन गर्ने इनपूट, प्रोसेश तथा आउटपूटका तीनवटा जेनरिक डाइमेन्शनहरू समेटिएको हुन्छ। इनपूट डाइमेन्शनले सीप, स्रोत र शासनलाई समेट्छ। प्रोसेश डाइमेन्शन पाठ्यक्रममा लक्ष्यित हुन्छ र आउटपूट डाइमेन्शन भने उत्तीर्ण भएर जाने विद्यार्थीहरूको गुणस्तरमा लक्ष्यित रहन्छ।

SETARA ‘09 अभ्यासमा आफ्नो रेटिङ्रसलाई छ तहमा वर्गीकरण गरिएको छ, जसमा तह 1 को कमजोर देखि लिएर तह 6 लाई सर्वोत्कृष्टका रूपमा वर्गीकृत गरिएको छ।UPM लाई तह 5 (उत्कृष्ट) को श्रेणीमा राखिएको छ।