उपाधिको रोजाई अमेरिकामा

अन्डरग्र्याज्युएट अध्ययन

कम्युनिटि वा जूनियर कलेज

दुई वर्षे अन्डरग्र्याज्युएट डिग्रीले तपाईँलाई कुनै विशेष पेसाका लागि तयार गर्छ, अथवा यसबाट अध्ययन गरेका कोर्सवर्कबाट 4-वर्षे स्नातक डिग्री पूरा गर्न पनि सकिन्छ।

डिग्रीहरू: एसोसिएट अफ आर्ट्स (AA), एसोसिएट अफ सायन्स (AS)

ट्रान्स्फर प्रक्रिया: तपाईँले चार वर्षे कलेज वा विश्वविद्यालयमा ट्रान्स्फर गर्ने आवेदन पनि दिन सक्नुहुन्छ। चार वर्षे अध्ययन संस्थानले सबै क्रेडिटहरूको समीक्षा गरि चार वर्षे डिग्रीमा कतिवटा लागु हुन सक्छन् भनेर निर्णय गर्नेछन्। उपाधिको रोजाई अमेरिकामा गर्दा केही कम्युनिटि कलेजहरूले अन्तर राज्य चार वर्षे अध्ययन संस्थानहरूसँग ट्रान्स्फर सम्झौता गरेका हुन्छन्, जस अन्तर्गत कम्युनिटि कलेजमा पहिलो दुई वर्ष अध्ययन गरिन्छ र चार वर्षे अध्ययन संस्थानमा बाँकी वर्ष अध्ययन पूरा हुन्छ।

चार वर्षे विश्वविद्यालय

अमेरिकामा डिग्रीको विकल्प रोजाई गर्दा कुनै खास विषयमा (मेजर) स्नातक डिग्री हासिल गर्न आवश्यक विश्वविद्यालय तथा कक्षागत आवश्यकताहरू पूरा गर्छ।

डिग्रीहरू:
ब्याचलर अफ आर्ट्स (BA), ब्याचलर अफ सायन्स (BS), ब्याचलर अफ फाइन आर्ट्स (BFA), ब्याचलर अफ सोशल वर्क (BSW), ब्याचलर अफ इन्जिनियरिङ (B.Eng.), ब्याचलर अफ एड्यूकेशन (B.Ed.) वा ब्याचलर अफ फिलोसफी (B.Phil.)। पाँच वर्षे व्यावसायिक आर्किटेक्चर अन्तर्गत ब्याचलर अफ आर्किटेक्चर (B.Arch.) पूरा गर्न सकिन्छ।

भर्ना गर्ने आधारहरू:

  • अध्ययन क्षेत्र (मेजर)
  • ग्रेड पोइन्ट एभरेज (GPA)
  • पाठ्यक्रमको गुणस्तर
  • कक्षागत र्र्याङ्किङ
  • पर्सनल स्टेटमेन्ट
  • अन्य विचारणीय आधारहरू (यसका उदाहरणहरूमा अतिरिक्त क्रियाकलापमा सहभागिता, व्यक्तिगत निबन्ध, सिफारिस पत्र, अन्तर्वार्ता वा स्ट्यान्डराइज्ड टेस्ट पर्न सक्छन्)

ग्र्याज्युएट अध्ययन

ग्र्याज्युएट अध्ययनका लागि तपाईँको US स्नातक डिग्री वा अर्को देशबाट सो सरह पूरा गरेपछि कुनै विशेष विषयमा एक देखि तीन वर्ष अतिरिक्त अध्ययन गर्नु पर्छ।

डिग्रीहरू: मास्टर अफ आर्ट्स (MA), मास्टर अफ सायन्स (MS), मास्टर अफ बिजिनेस एडमिनिस्ट्रेशन (MBA), मास्टर अफ एड्युकेशन (MEd), मास्टर अफ फाइन आर्ट्स (MFA), मास्टर अफ सोशल वर्क (MSW), मास्टर अफ इन्जिनियरिङ (ME), मास्टर अफ ल (LLM), तथा मास्टर अफ पब्लिक एडिमिनिस्ट्रेशन (MPA)।

भर्ना गर्ने आधारहरू:

  • अध्ययन क्षेत्र (मेजर)
  • ग्रेड पोइन्ट एभरेज (GPA)
  • पर्सनल स्टेटमेन्ट
  • सिफारिस पत्र
  • व्यावसायिक अनुभव
  • स्ट्यान्डराइज्ड टेस्ट स्कोर (GMAT®, GRE®, वा MATTM)

विद्यावारिधि अध्ययन

उपाधिको विकल्प अमेरिकामा सामान्यतया, स्नातकोत्तर डिग्री सिध्याएपछि, तपाईँले कुनै विशेष अध्ययन क्षेत्रमा केन्द्रित रहेर विद्यावारिधि डिग्रीको अध्ययन गर्न सक्नुहुन्छ।

डिग्रीहरू: डक्टर अफ फिलोसोफी (Ph.D.), डक्टर अफ आर्ट्स (D.A.), डक्टर अफ एड्युकेशन (Ed.D.), डक्टर अफ थियोलोजी (D.Th.), डक्टर अफ मेडिसिन (M.D.), डक्टर अफ फार्मसि (PharmD), डक्टर अफ फिजिकल थेरपि (D.PT), डक्टर अफ जुरिसपन्डेन्स (D.Jur.)।

भर्ना गर्ने आधारहरू:

  • अध्ययन क्षेत्र (मेजर)
  • ग्रेड पोइन्ट एभरेज
  • पर्सनल स्टेटमेन्ट
  • व्यावसायिक अनुभव
  • स्ट्यान्डराइज्ड टेस्ट स्कोर (GMAT®, GRE®, MCAT, LSAT, वा MATTM)

माथि फिर्ता

दुई वर्ष-देखि-चार वर्षमा ट्रान्स्फर – सर्वोत्तम विकल्प!

उपाधिको रोजाई अमेरिकामा गर्दा विद्यार्थीहरू किन पहिला कम्युनिटि कलेज वा जूनियर कलेज रोज्छन्?

  1. लगभग सबै चार वर्षे विश्वविद्यालयको छेवैमा दुई वर्षे कलेज हुन्छ। दुई वर्षे कलेजलाई प्राय कम्युनिटि कलेज वा जूनियर कलेज भन्ने गरिन्छ। तपाईँले यहाँबाट एसोसिएट डिग्री हासिल गर्न र/अथवा ट्रान्स्फर क्रेडिट जम्मा गर्न सक्नुहुन्छ जसलाई कुनै चार वर्षे विश्वविद्यालयमा गएर स्नातक डिग्री गर्न प्रयोग गर्न सक्नुहुन्छ।
  2. उपाधिको विकल्प अमेरिकामा सामान्यतया, कम्युनिटि वा जूनियर कलेजमा ट्यूशन खर्च चार वर्षे विश्वविद्यालयहरूमा भन्दा निकै कम हुने गर्दछ।
  3. कम्युनिटि वा जूनियर कलेजको कक्षामा विद्यार्थीहरूको संख्या प्राय कमै हुने गर्छ।
  4. धेरै शैक्षिक कार्यक्रमहरूका लागि उपाधिको रोजाई अमेरिकामा गर्दा, शुरुमा तपाईँले कलेजका पहिलो दुई वर्ष सम्म उस्तै प्रमुख पाठ्यक्रम, वा विषयहरूको समूह लिनु हुनेछ। तपाईँले पहिला दुई वर्षे कलेजमा अध्ययन गरे पनि अमेरिकामा डिग्रीको विकल्पको रोजाई गर्दा, अथवा सोझै चार वर्षे विश्वविद्यालयमा गएपनि यस्तै हुन्छ।
  5. कम्युनिटि कलेजका लागि उपाधिको विकल्प अमेरिकामा गर्न आवश्यक पर्ने न्यूनतम आवश्यक ग्रेड पोइन्ट एभरेज (GPA) र अन्य प्रवेशको आवश्यकताहरू प्रायजसो चार वर्षे विश्वविद्यालयहरूमा भन्दा कम रहन्छ। अमेरिकामा डिग्रीको विकल्पको रोजाई गर्दा कम्युनिटि कलेजहरूमा कहिलेकाहीँ “खुल्ला प्रवेश,” चल्छ जसको अर्थ प्रवेश पाउने एक मात्र आवश्यकता भनेको माध्यामिक विद्यालय उत्तीर्ण गरेको हुनुपर्छ।
  6. अमेरिकामा डिग्रीको विकल्पका लागी धेरैवटा राज्यहरूमा दुई वर्षे तथा चार वर्षे अध्ययन संस्थानहरू माझ पूर्व निर्धारिक ट्रान्स्फर योजना, वा अर्को अध्ययनसँग जोड्ने समझौताहरू हुन्छन्। अमेरिकामा डिग्रीको विकल्पको रोजाई गर्दा कम्युनिटि कलेजमा, शैक्षिक सल्लाहकारहरूले तपाईँको शैक्षिक कार्यक्रमका आधारमा एउटा कोर्सवर्क योजनाको सुझाव गर्छन्। उपाधिको रोजाई अमेरिकामा गर्दा कलेजको एसोसिएट डिग्री उत्तीर्ण हुने आवश्यकताहरू पूरा गर्ने मात्र नभएर, अधिकतम संख्यामा क्रेडिटहरू चार वर्षे विश्वविद्यालयमा ट्रान्स्फर गर्न सकिने प्रकारले यी योजनाहरू तयार गरिन्छ।
  7. ट्रान्स्फर गर्ने आवेदकको हकमा विश्वविद्यालयहरूमा आवश्यक GPA पहिलो वर्षमा भर्ना हुने आवेदकको हकमा भन्दा प्राय निकै कम हुन्छ। माध्यामिक विद्यालयबाट कम GPA प्राप्त गर्ने विद्यार्थीहरूका लागि, कम्युनिटि कलेजमा राम्रो गरेमा विश्वविद्यालयमा प्रवेश पाउने दोस्रो मौका हुनेछ।

चार वर्षे विश्वविद्यालयमा ट्रान्स्फर गर्न आवश्यक शैक्षिक आवश्यकताहरू के के हुन्?

विद्यार्थीहरूलाई सफलतापूर्वक ट्रान्स्फर गर्नलाई आवश्यक शैक्षिक आवश्यकताहरू हरेक चार वर्षे विश्वविद्यालयमा फरक हुन्छ। उपाधिको रोजाई अमेरिकामा गर्दा तपाईँले शैक्षिक सल्लाहकारलाई भेटेर आफ्नो रोजाइको चार वर्षे विश्वविद्यालयमा ट्रान्स्फर गर्न चाहिने आवश्यकताहरू पूरा गर्ने लक्ष्य बनाउनु पर्छ। यदि तपाईँले कम्युनिटि कलेजमा पूर्व निर्धारित क्रेडिट संख्या पूरा गर्नु भएको छ भने (प्राय 30 क्रेडिट घण्टा, वा दस 3-क्रेडिट कक्षा) र न्यूनतम ग्रेड पोइन्ट एभरेज (चार वर्षे विश्वविद्यालयको आवश्यकताका आधारमा, प्राय 2.0/4.0 देखि 2.5/4.0 सम्म) प्राप्त गर्नु भएको छ भने, तपाईँले ट्रान्स्फर विद्यार्थीका रूपमा चार वर्षे विश्वविद्यालयमा प्रवेश पाउनु हुनेछ। विश्वविद्यालयमा आवेदन गर्दा अध्ययन पूरा गरेको सम्पूर्ण कलेज तथा विश्वविद्यालयहरूबाट प्राप्त आधिकारिक ट्रान्स्कृप्टहरू आवश्यक रूपमा बुझाउनु पर्छ।

कस्ता खाले ट्रान्स्फर योजनाहरू उपलब्ध छन्?

प्रत्येक अध्ययन संस्थानहरूको ट्रान्स्फर व्यवस्थाहरू अलग हुन्छ। राज्य व्यापी सम्झौताहरू अन्तर्गत विशेष अध्ययन पाठ्यक्रम तयार गरिएको हुन्छ र विश्वविद्यालय ट्रान्स्फर प्रक्रिया सरल बनाएको हुन्छ। एउटै समुदाय अथवा प्राज्ञिक विशेषज्ञको क्षेत्रका अध्ययन संस्थानहरू माझ खास सम्झौताहरू गरिएको हुन्छ। उपाधिको रोजाई अमेरिकामा गर्दा तपाईँले सर्वाधिक संख्यामा ट्रान्स्फर योग्य क्रेडिट प्राप्त गर्न सकिने कोर्सहरू पूरा गर्ने उद्देश्यले तपाईँ कम्युनिटि कलेज शैक्षिक सल्लाहकारहरूसँग मिलेर काम गर्नु पर्छ।

माथि फिर्ता