ELS - अमेरिकामा सहि शैक्षीक संस्थाको खोजि

ELS ले हाम्रो सर्च टूल तथा इन-कन्ट्रि ELS अथोराइज्ड काउन्सेलिङ एजेन्ट्स का माध्यमबाट स्वदेशबाटै US मा सही विश्वविद्यालय फेला पार्न सहयोग गर्छ।

आफ्नो लागि सही विश्वविद्यालयको चयन गर्ने क्रममा विचार पुर्र्याउनु पर्ने विभिन्न आधारहरू छन्। हाम्रो लक्ष्य भनेको अमेरिकामा सहि शैक्षीक संस्थाको खोजि गर्नु र तपाईँको शिक्षा, शैक्षिक लक्ष्य तथा व्यक्तिगत उपलब्धीसँग सबभन्दा मेल खाने विश्वविद्यालयहरू भेटाउन तपाईँलाई सहयोग गर्नु हो। अमेरिकामा उपयुक्त बिश्वबिद्यालयको खोजि गर्दा तपाईँ आफ्नो देश छाड्नु भन्दा पहिला नै हामी तपाईँलाई सशर्त प्रवेश पाउनमा सहयोग गर्छौँ। ELS विश्वविद्यालय सशर्त प्रवेश नेटवर्कमा USA भरिका 600 कलेज तथा विश्वविद्यालयहरू छन्। ELS को माध्यमबाट मात्र तपाईँले आफ्नो शिक्षालाई अगाडि बढाउने यति धेरै विकल्पहरू पाउनु हुनेछ।

तपाईँले US कलेज/विश्वविद्यालयमा आवेदन दिन सक्नुहुन्छ, जहाँ प्रत्येक अध्ययन संस्थानले विविध तहका भर्ना तथा छनौटका मापदण्डहरूको प्रयोग गर्छन्। US अध्ययन संस्थानहरू सबै फरक प्रकारका छन्। विश्वविद्यालयहरू सरकारी वा निजी हुन सक्छन्, र विद्यार्थीहरूको सङ्ख्या, डिग्रीहरूको प्रकार, खर्च तथा स्थानहरू सबैमा फरक हुन्छ।

आफ्नो आवश्यकता पूरा हुने प्रकारको डिग्रीका विकल्पहरू, तथा अध्ययन संस्थानको प्रकार बारे जानकारीबाट शुरु गर्नुहोस्।

र्र्याङ्किङ

क्यानाडामा सर्वोच्च 10, 20, 50 अथवा 100 विश्वविद्यालयहरूको कुनै आधिकारिक सूची छैन, न त US सरकारले विश्वविद्यालयहरूको र्र्याङ्क तयार गर्छ। वार्षिक, सब्जेक्टिभ कलेज “र्र्याङ्किङ” दिइएको धेरै पत्रीका तथा मार्गनिर्देशिकाहरू प्रकाशित छन्। USA मा उपयुक्त बिश्वबिद्यालयको खोजि गर्दा यी अनाधिकृत र्र्याङ्किङहरूले कलेज/विश्वविद्यालयलाई स्थान अथवा एकेडेमिक अध्ययन क्षेत्र (इन्जिनियरिङ, कम्प्युटर विज्ञान वा व्यावसाय, उदाहरणको लागि) का आधारमा वर्गीकरण गरेको हुनसक्छ। यिनीहरूलाई “क्षेत्रिय” वा “राष्ट्रिय” वर्गमा पनि विभाजन गरिएका हुन्छन्। कुनै कुनै र्र्याङ्किङ अनुसार, बौद्धिक स्तर तथा सामान्य ख्यातिलाई मात्र सदा प्रमुख आधारका रूपमा विचार गरिएको हुँदैन।

कुनै उपयुक्त लक्ष्यित विश्वविद्यालयको पहिचानका लागि अमेरिकामा सहि शैक्षीक संस्थाको खोजि गर्दा तपाईँ र्र्याङ्किङ सूचकांकको प्रयोग गर्नु हुन्छ भने, र्र्याङ्किङ सूची खडा गर्न उपयोग गरिएको मापदण्डहरू जाँच गर्न तथा यसलाई आफ्नै व्यक्तिगत अध्ययन लक्ष्यसँग तुलना गर्न नभुल्नुहोला। अमेरिकामा सहि शैक्षीक संस्थाको खोजि गर्दा अनाधिकृत नै भएपनि, प्रकाशित र्र्याङ्किङहरू कलेज खोज्ने प्रक्रियामा एउटा राम्रो थालनी हुन सक्छन्। कलेजबारे भन्नु पर्दा आँकडाले मात्र वर्णन नहुने अदृष्य अनुभवहरू पनि हुन्छन्। र्र्याङ्किङ सूचकांक भनेको कतिपय साधनहरू मध्येको एक मात्र हो जसको सहायताले तपाईँले आफ्नो शैक्षिक एवं सामाजिक आवश्यकता पूरा हुने शैक्षिक संस्थानहरू भेटाउन सक्नुहुन्छ। USA मा प्रचलित र्र्याङ्किङ सूचकांकहरूमा निम्न अनुसार पर्छन्: U.S. न्यूज एण्ड वर्ल्ड रिपोर्टको "बेस्ट कलेजेज," फिस्के गाइड टू कलेजेज, ब्यारन्स, एण्ड पिटर्सन्स