ELS को सहयोगले अस्ट्रेलियामा सही बिश्वबिद्यालयको खोजि, गर्नुहोस्

ELS ले हाम्रो सर्च टूल तथा इन-कन्ट्रि ELS अथोराइज्ड काउन्सेलिङ एजेन्ट्स का माध्यमबाट स्वदेशबाटै अस्ट्रेलियाको सही विश्वविद्यालय फेला पार्न सहयोग गर्छ।

विश्वविद्यालयको चयन गर्ने क्रममा विचार पुर्र्याउनु पर्ने विभिन्न आधारहरू छन्। हाम्रो लक्ष्य भनेको तपाईँको शिक्षा, शैक्षिक लक्ष्य तथा व्यक्तिगत उपलब्धीसँग सबभन्दा मेल खाने अस्ट्रेलियामा बिश्वबिद्यालयको खोजि तथा अन्य अध्ययन संस्थानहरू भेटाउन तपाईँलाई सहयोग गर्नु हो।

अस्ट्रेलियामा विभिन्न स्थान, अध्ययन कार्यक्रम, र प्रवेश तथा भर्नाका मापदण्ड अनुसार विविध तहको उत्तर-माध्यमिक अध्ययन संस्थानहरू छन्। के विषय र कहाँ अध्ययन गर्नु भनेर निर्णय लिने क्रममा तपाईँले अस्ट्रेलियामा उपयुक्त बिश्वबिद्यालयको तलाश गर्दा विचार गर्नुपर्ने धेरैवटा विकल्पहरू छन्।इन-कन्ट्रि ELS काउन्सेलिङ एजेन्ट्स ले तपाईँलाई आफ्नो आवश्यकता अनुसार सबभन्दा उपयुक्त कलेज/विश्वविद्यालयहरूमा भर्ना हुन मद्दत गर्छ।

अस्ट्रेलियामा उपलब्ध उत्तर-माध्यामिक विकल्पहरू

अस्ट्रेलियामा उत्तर-माध्यमिक शिक्षालाई दुईवटा स्ट्रीमहरूमा विभाजन गरिएको छ: उच्च शिक्षा तथा व्यावसायिक शिक्षा तथा तालीम (VET)।

उच्च शिक्षा क्षेत्रमा अन्डरग्र्याज्युएट तथा पोस्टग्र्याज्युएट डिग्रीहरू प्रदान गर्न मान्यता प्राप्त विश्वविद्यालय तथा अन्य अध्ययन संस्थानहरू पर्दछन्। VET क्षेत्रमा सरकारी-स्वामित्वको प्राविधिक तथा थप शिक्षा (TAFE) संस्थान तथा अन्य पञ्जीकृत प्रशिक्षक संस्थानहरू पर्दछन् जसले प्रमाणपत्र, डिप्लोमा र एडभान्स्ड डिप्लोमा प्रदान गर्छन्।

अस्ट्रेलियाले उच्च शिक्षा तथा VET दुवै क्षेत्रमा उत्कृष्टता तथा गुणस्तरको अमेट ख्याति कमाएको छ। अस्ट्रेलिया सरकारले राष्ट्रिय स्तरका योग्यताहरू र हरेक योग्यताहरू माझ एक आपसमा जोड्ने मार्गहरूलाई टेवा प्रदान गर्छ। त्यसैले, औपचारिक पाथवेको स्थापना, जस अन्तर्गत क्रेडिट ट्रान्स्फरका व्यवस्थाहरू पनि पर्न सक्छन्, ले विद्यार्थीहरूलाई निर्वाध रूपमा एउटा स्ट्रीमबाट अर्कोमा जान सक्ने बनाउँछ।

उच्च शिक्षा

उच्च शिक्षा पाठ्यक्रम विषय वस्तुको ज्ञान तथा सुजबुझमा आधारित रहेको हुन्छ र कोर्सहरू प्रमुख रूपमा विश्वविद्यालय तथा स्वीकृत उच्च शिक्षा प्रदायकहरूद्वारा प्रदान गरिन्छ।

अस्ट्रेलियाको धेरजसो उच्च शिक्षाको तथा बिश्वबिद्यालयहरुको खोजि र प्रवेशमा अत्यन्त प्रतिस्पर्धा हुन्छ साथै दुवै अन्डरग्र्याज्युएट तथा पोस्टग्र्याज्युएट अध्ययन गर्न उच्चतम स्तरको अङ्ग्रेजी भाषाको जरुरत पर्दछ।

प्रत्येक शिक्षा प्रदायकहरूको प्रवेश सम्बन्धी मापदण्डहरू आ-आफ्नै प्रकारको हुने भएकोले तपाईँको इन-कन्ट्रि ELS काउन्सेलिङ एजेन्ट्स लाई सम्पर्क गर्न जरुरी हुन्छ जसले तपाईँलाई जानकारी तथा भर्ना प्रक्र

उच्च शिक्षाको लागि आवश्यक योग्यताहरूमा निम्न पर्दछन्:

अन्डरग्र्याज्युएट

  • स्नातक डिग्री: न्यूनतम छ सेमिस्टर पूर्णकालीन अध्ययनको आवश्यकता पर्छ। बिश्वबिद्यालयहरुको खोजि र प्रवेश पाउनलाई अस्ट्रेलियाइ माध्यमिक विद्यालय शिक्षा प्रमाणपत्र (वर्ष 12) वा विदेशको सो सरह योग्यता, वा VET क्षेत्रबाट डिप्लोमा/एडभानस्ड डिप्लोमा पूरा गरेको हुनुपर्छ।

पोस्टग्र्याज्युएट

  • कोर्सवर्क मास्टर्स: यसमा संयुक्त रूपमा कोर्सवर्क, प्रोजेक्ट वर्क तथा शोधकार्य पूरा गर्नुपर्छ। बिश्वबिद्यालयहरुको खोजि र प्रवेश पाउन स्नातक डिग्री, स्नातक डिग्री (अनर्स) वा ग्र्याज्युएट डिप्लोमा पूरा गरेको हुनुपर्छ।
  • रिसर्च मास्टर्स: न्यूनतम 2/3 शोधकार्यका साथै वास्तविक थेसिस पूरा गर्नुपर्छ। अस्ट्रेलियामा बिश्वबिद्यालयको खोजि र प्रवेशका लागि सामान्यतया स्नातक डिग्री (अनर्स) वा मास्टर्समा शुरुको वर्ष, शोधमा-आधारित ग्र्याज्युएट डिप्लोमा वा सो सरह शोध कार्यको आवश्यकता पर्दछ।
  • प्रोफेशनल मास्टर्स: कार्यमा-आधारित प्रोजेक्ट गर्नुपर्ने हुनसक्छ। अस्ट्रेलियामा उपयुक्त बिश्वबिद्यालयको तलाश र प्रवेशका लागि सम्बन्धित क्षेत्रको योग्यता र व्यावसायिक अनुभव, वा व्यापक सान्दर्भिक व्यावसायिक अनुभव चाहिन्छ।
  • रिसर्च डक्टरेट
  • प्रोफेशनल डक्टरेट

व्यावसायिक शिक्षा तथा तालीम (VET)

VET क्षेत्रको लक्ष्य विद्यार्थीहरूलाई काम गर्ने सीप तथा ज्ञान प्रदान गर्नु हो। धेरजसो VET कोर्सहरू राष्ट्रिय तालीम प्याकेज कै हिस्सा हुन्छन्, जसलाई सम्बन्धित औद्योगिक निकायहरूको परामर्श अनुरूप नियमित रूपमा अद्यतन गरिन्छ। VET कोर्सहरू परम्परागत पेसादेखि लिएर सृजनात्मक उद्योग सम्मका विविध विषय तथा रोजगारका क्षेत्रहरूमा उपलब्ध हुन्छन्, र यो क्षमतामा आधारित हुने भएकोले तपाईँले आवश्यक स्तरको सीप प्राप्त गरेपछि आफ्नो योग्यता हासिल गर्नु हुनेछ।

VET योग्यताहरूमा निम्न अनुसार पर्दछन्:

  • सर्टिफिकेट I–IV कोर्सहरूलाई प्रारम्भिक चरणको सीप र तालीम प्रदान गर्ने गरि तयार गरिएको छ। यिनीहरूले उद्योग विशेष ज्ञान, र सञ्चार, सहभागिता, साक्षरता र गणित, र सामूहिक कार्यबारे सीप प्रदान गर्छन्। यिनीहरूको अवधि केही हप्ता देखि लिएर छ महिना वा सो भन्दा बढी सम्मको हुन्छ।
  • डिप्लोमा कोर्सहरूले विद्यार्थीहरूलाई उद्योग, व्यवसाय तथा अर्ध-व्यावसायिक पेसाका लागि तयार बनाउँछ। केही डिप्लोमा कोर्सहरू युनिभर्सिटी तह साथै TAFE अध्ययन संस्थानहरूमा पूरा गर्न सकिन्छ। डिप्लोमाका लागि 18 देखि 24 महिना पूर्ण कालीन अध्ययनको आवश्यकता पर्छ।
  • एडभान्स्ड डिप्लोमा कोर्सहरूमा लेखा, भवन डिजाइन, वा इन्जिनियरिङ जस्ता विशेष पेसेवर क्षेत्रहरूमा रोजगारका लागि उच्च स्तरीय व्यवहारिक सीप प्रदान गरिन्छ। केही एडभान्स्ड डिप्लोमा कोर्सहरू युनिभर्सिटी तहमा पूरा गर्न सकिन्छ। एडभान्स्ड डिप्लोमाको अवधि 24 देखि 36 महिना हुनसक्छ।.
  • भोकेशनल ग्र्याज्युएट सर्टिफिकेट/डिप्लोमाहरू उच्च शिक्षा ग्र्याज्युएट सर्टिफिकेट वा डिप्लोमाको बराबर हो। यिनीहरूले उच्चस्तरीय रोजगार-सम्बन्धित सीप तथा ज्ञान प्रदान गर्छन्। ग्र्याज्युएट सर्टिफिकेटका लागि प्राय छ महिना पूर्ण कालीन अध्ययन तथा ग्र्याज्युएट डिप्लोमाका लागि एक वर्ष पूर्ण कालीन अध्ययनको आवश्यकता पर्छ।
  • केहीभोकेशनल ग्र्याज्युएट डिप्लोमाहरू विश्वविद्यालयहरूमा पनि प्रदान गरिन्छ।