मलेसियामा शैक्षिक संस्थाका प्रकारहरु

निजी अध्ययन संस्थान

यहाँ 3 प्रकारका निजी अध्ययन संस्थानहरू हुन्छन्:

कलेज

मलेसियामा शैक्षिक संस्थाका प्रकारहरुमा कलेजहरू स्वतंत्र अध्ययन संस्थानहरू हुन् जसले विद्यार्थीहरूलाई बाह्य उमेदवारका रूपमा अन्य विश्वविद्यालयहरूको परीक्षामा बस्न तयार बनाउँछ अथवा यिनीहरू विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने कोर्सहरू सञ्चालन गर्ने अधिकार प्राप्त हुन्छन्।

विश्वविद्यालय कलेज

शैक्षिक संस्थाका प्रकारहरु मध्ये विश्वविद्यालय कलेज भनेको एक स्वतंत्र उच्च शिक्षा अध्ययन संस्थान हो जसले डिग्री प्रदान गर्न सक्छ, तर, सामान्यतया यसको लागि प्रयासरत रहि रहने भएता पनि विश्वविद्यालयको हैसियत भने प्राप्त भएको हुँदैन।

विश्वविद्यालय

मलेसियामा उच्च शिक्षा का प्रकारहरुमा विश्वविद्यालय भनेको अन्डरग्र्याज्युएट तथा पोस्ट-ग्र्याज्युएट डिग्रीहरू प्रदान गर्ने अध्ययन संस्थान हो। यसमा आफूले चलाउने विभिन्न संकायहरूमा शोध कार्य सञ्चालन गर्ने पनि समर्पण हुन्छ।

विदेशी विश्वविद्यालयका शाखा क्याम्पसहरू

शैक्षिक संस्थाका प्रकारहरु भन्दा मलेसियामा विदेशी विश्वविद्यालयहरूका 4 वटा शाखा क्याम्पसहरू छन्।

  • कर्टिन इन्स्टिट्युट अफ टेक्नोलोजी (अस्ट्रेलिया)
  • मोनाश विश्वविद्यालय (अस्ट्रेलिया)
  • स्विनबर्न इन्स्टिट्युट अफ टेक्नोलोजी (अस्ट्रेलिया)
  • नटिङ्घाम विश्वविद्यालय (UK)

मलेसियामा निम्न माध्यमबाट विविध अन्तर्राष्ट्रिय मान्यताप्राप्त योग्यताहरू प्रदान गरिन्छ:

"2+1" तथा “2+2” ट्वाइनिङ् डिग्री कार्यक्रम – कम खर्चको "अन्तर-सीमान्त" अनुभव

"2+1" अन्डरग्र्याज्युएट ट्वाइनिङ् डिग्री कार्यक्रम भनेको "मलेसियामा अध्ययन" को खास विशेषता हो। UK, अस्ट्रेलिया, क्यानाडा, न्यू जिल्याण्ड, तथा फ्रान्स र जर्मनि जस्ता राष्ट्रका प्रख्यात अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग साझेदारीमा, यस ट्वाइनिङ् व्यवस्था अन्तर्गत दुईवटै देशका बहुमूल्य अनुभव समेट्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्नातक डिग्री अध्ययन गर्न सकिन्छ।

“2+2” अन्डरग्र्याज्युएट ट्वाइनिङ् सम्झौता धेरै संख्यामा US अध्ययन संस्थानहरू सँगको एउटा अति लोकप्रिय व्यवस्था हो। साधारन्तया “अमेरिकी डिग्री” वा ADP का नामले चिनिने, तपाईँ आफ्नो ब्याचलर डिग्री पूरा गर्न US साझेदार विश्वविद्यालयमा ट्रान्स्फर गर्नु भन्दा पहिला मलेसियाको कलेजमा पूर्व निर्धारित तथा ट्रान्स्फरेबल कोर्सवर्क पूरा गर्न सक्नुहुन्छ। यस अन्तर-सांस्कृतिक अनुभवको फाइदा उठाउन मलेसियाका साथै विश्व भरिका अन्तर्राष्ट्रिय विद्यार्थीहरू मलेसियाप्रति आकर्षित हुन्छन्।

ट्वाइनिङ् डिग्री व्यवस्थाको कारण प्रशिक्षण शुल्क तथा अन्य खर्चमा निकै कमी हुन जान्छ। उदाहरणको लागि, यदि तपाईँ "2+1" कानून ट्वाइनिङ् डिग्रीमा भर्ना भएमा मलेसियामा तीन वर्ष अध्ययन र UK मा एक वर्ष अध्ययन गर्नु पर्दछ, र यसबाट तपाईँले सम्पूर्ण 3-वर्षे डिग्री नै UK मा गर्दा लाग्ने खर्चको तुलनामा प्रशिक्षण शुल्क तथा बस्ने खाने खर्चमा USD$33,000 सम्म बचत गर्न सकिन्छ।

मलेसियाको "3+0" वैदेशिक स्नातक डिग्री– एउटा कम खर्चको अन्तर्राष्ट्रिय योग्यता

3+0 वैदेशिक स्नातक डिग्री अध्ययन कार्यक्रम भनेको ट्वाइनिङ् कार्यक्रमकै थप व्यवस्था हो। 3+0 व्यवस्था अन्तर्गत, प्रमुख विदेशी विश्वविद्यालयहरूको स्नातक डिग्री अध्ययन कार्यक्रमहरू मलेसियाका निजी उच्च शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालन गरिन्छ जसबाट तपाईँले आफ्नो पूरै अध्ययन मलेसियामा नै पूरा गर्न पाउनु हुनेछ।