अमेरिकामा उच्च शैक्षिक संस्थाका प्रकारहरु

लिवरल आर्ट्स कलेज

अमेरिकामा अध्यन संस्थाहरुका प्रकारहरु मध्ये लिवरल आर्ट्स कलेजहरू भनेका अन्डरग्र्याज्युएट तहमा मुख्यत लिवरल आर्ट्स र विज्ञान विषयमा केन्द्रित रहने कलेजहरू हुन्।

लिवरल आर्ट्सका विद्यार्थीहरू, विज्ञान देखि मानविकी सम्मका विविध प्राज्ञिक विषयहरूमा ज्ञान र अनुभव लिनका साथै विशेष गरि कुनै एउटा खास अध्ययन क्षेत्रमा केन्द्रित गर्छन्।

एनसाइक्लोपेडिया ब्रिटानिकामा लिवरल आर्ट्सलाई “व्यावसायिक, पेसेवर वा प्राविधिक पाठ्यक्रमका विपरित अमेरिकामा उच्च शैक्षिक संस्थाका प्रकारहरु मा सामान्य ज्ञान प्रदान गर्दै सामान्य बौद्धिक क्षमताको विकास गर्ने उद्देश्यको विश्वविद्यालय पाठ्यक्रम” भनेर परिभाषित गरिएको छ। उच्च शिक्षाका प्रकारहरु मध्ये लिवरल आर्ट्स अध्ययन संस्थानहरू सरकारी वा निजी जुनैपनि हुन सक्छन्।

निजी विश्वविद्यालय

अमेरिकामा उच्च शैक्षिक संस्थाका प्रकारहरु मा निजी विश्वविद्यालयहरू सरकारद्वारा नचलाईएको विश्वविद्यालयहरू हो, तैपनि कतिपयले, विशेष गरि अनुकूल कर छूट तथा सरकारी विद्यार्थी ऋण तथा अनुदानका रूपमा सार्वजनिक रकम प्राप्त गर्छन्। यिनीहरूले भूतपूर्व विद्यार्थीहरूको चन्दा, फ्याकल्टि रिसर्च अनुदान, तथा प्रशिक्षण शुल्कका माध्यमबाट निजी रकम सङ्कलन गर्दछन्। अमेरिकी विद्यार्थीहरू प्राद्योगिक स्रोत, अनुसन्धान सुविधा, तथा थोरै विद्यार्थी संख्या भएको कक्षाका कारणले निजी अध्ययन संस्थानहरूमा अध्ययन गर्दछन्। उच्च शिक्षाका प्रकारहरुमा निजी विश्वविद्यालयहरू आ-आफ्नो प्राज्ञिक क्षेत्रमा ख्याति प्राप्त शिक्षण कर्मचारीलाई आकर्षण गर्न र राख्न सक्ने हुन्छन्। शिक्षण अनुभवलाई प्रध्यापकहरूको कक्षा बाहिरको विविध अनुभवले अझ आकर्षक बनाउँछ। अमेरिकामा उच्च शैक्षिक संस्थाका प्रकारहरु तथा निजी विश्वविद्यालय क्याम्पसहरूमा असामान्य तथा नविन शैक्षिक कार्यक्रमहरू पनि पाउन सकिन्छ। संयुक्त राज्य अमेरिकामा उच्च शिक्षाका लागि सबभन्दा प्रतिस्पर्धा हुने र खास संस्थानहरू निजी छन्। उदाहरणको लागि, U.S. न्यूज एण्ड वर्ल्ड रिपोर्टको र्र्याङ्क अनुसार सन् 2012 को लागि संयुक्त राज्य अमेरिकाका सर्वोच्च दसवटा विश्वविद्यालयहरू (संख्यात्मक क्रममा) निम्न अनुसार छन्: अमेरिकामा अध्यन संस्थाहरुका प्रकारहरु मा हार्वर्ड विश्वविद्यालय, प्रिन्सेटन विश्वविद्यालय, येल विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालय, क्यालिफर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी, म्यासाचुसट्स इन्स्टिट्युट अफ टेक्नोलोजी, स्ट्यानफोर्ड विश्वविद्यालय, शिकागो विश्वविद्यालय, पेन्सलभिनिया विश्वविद्यालय तथा ड्यूक विश्वविद्यालय.

सरकारी विश्वविद्यालयहरू

उच्च शिक्षाका प्रकारहरु मा प्राय राज्यको विश्वविद्यालय भनेर जानिने, सरकारी अध्ययन संस्थान भनेको, उनीहरूको आर्थिक स्थिरताका लागि प्रशिक्षण शुल्क तथा निजी अनुदान रकमको पनि योगदान हुने भएतापनि राज्य र/वा संघीय सरकारबाट अनुदान प्राप्त गर्ने संस्थानहरू हुन्। यी अध्ययन संस्थानहरूमा राज्य व्यापी प्रवेशको आवश्यकता, अथवा उनीहरूको आफ्नै मापदण्डहरू अपनाउन सक्छन्। राज्यको विश्वविद्यालय शिक्षण कर्मचारीहरूका लागि फ्याकल्टि रिसर्च अनुदानहरू सामान्यतया महत्वपूर्ण हुन्छन्, जसले तपाईँ समक्ष धेरै व्यवहारिक शोध अवसरहरू ल्याउन सक्छ। यी सरकारी विश्वविद्यालयहरूमा कैयौँ डिग्रीका विकल्पहरू उपलब्ध गर्ने प्राय ठूला विभागहरू हुन्छन्। अमेरिकामा उच्च शैक्षिक संस्थाका प्रकारहरुमा सार्वजनिक वा राज्यका विश्वविद्यालयहरू सामान्यतया निजी अध्ययन संस्थानहरू भन्दा कम खर्चिला हुन्छन्, तैपनि उत्कृष्ट शैक्षिक अवसरहरू प्रदान गर्छन्।

माथि फिर्ता