अस्ट्रेलियामा किन अध्ययन गर्ने?

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अनुपम "अस्ट्रेलियाइ" जीवन शैलीको अनुसरण गर्दै विश्व नागरिक बन्ने अवसर प्रदान गर्दछ।

यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत जनाउने मिलनसार, साहसी तथा आधुनिक राष्ट्र हो। यहाँ 130 भन्दा धेरै राष्ट्रियताका मानिसहरू बसेका छन्, जसले अस्ट्रेलियालाई विश्वको सबभन्दा बढी बहु-सांस्कृतिक राष्ट्रहरू मध्येको एक बनाएको छ।

सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितलाई टेवा तथा सुरक्षा प्रदान गर्ने यसको संरचना तथा कठोर नियमहरूका कारणले गर्दा अस्ट्रेलियाइ शैक्षिक प्रणालीले उच्च सम्मान प्राप्त गरेको छ। यसको फलस्वरूप एउटा उच्चतम गुणस्तरीय शिक्षा ग्रहण गरि यहाँबाट उत्तीर्ण हुने विद्यार्थीहरू विश्वमा अत्यन्त रुचाइने गरिन्छ।

काङ्गारु, कोआला तथा ग्रेट ब्यारियर रीफ र सिडनी हार्वर ब्रिज जस्ता आश्चर्यजनक प्रतिमाहरूका साथमा, अस्ट्रेलियाले विद्यार्थीहरूलाई सुरक्षित वातावरणमा जीवनको उत्कृष्ट अनुभव प्रदान गर्दछ।

अस्ट्रेलियाइ शिक्षामा गर्नु भएको लगानी भनेको तपाईँको भविष्यका लागि गर्नु भएको लगानी हो।