गोपनीयता

गोपनीयता


ELS मा हामी हाम्रा ग्राहकहरूको सम्मान गर्दछौँ र तपाईँ गोपनीयताको विषयमा गम्भीर हुनुहुन्छ भन्ने कुराको हेक्का राख्दछौँ। तसर्थ, ELS एजुकेसनल सर्विसेज, इङ्क. (“ELS”) ले व्यक्तिगत विवरणहरू सुरक्षित र जिम्मेवारपूर्ण ढङ्गले प्रबन्ध गर्ने कुराको सुनिश्चितता गर्ने ध्येय लिएर नीतिहरू निर्माण गरेको छ। तपाईँलाई हामीले कुन प्रकारका विवरण सङ्कलन गर्दछौँ, त्यसको प्रबन्ध कसरी गर्दछौँ र ती विवरण को-कोसँग आदानप्रदान गर्न सकिनेछ भन्ने कुराको जानकारी तपाईँलाई दिन यो गोपनीयता सम्बन्धी नीति पोस्ट गरेका छौँ।

हामीले कुनै सीमा नराखी, यस गोपनीयता सम्बन्धी नीतिसँग लिङ्क गरिएका हाम्रा कुनै पनि वेबसाइट वा यूआरएल (संयुक्त रूपमा “वेबसाइटहरू”) लगायत, हाम्रो वेबसाइटको विकास गर्दै जाँदा, र हामीले उपलब्ध गराउने सेवाहरूमा सुधार ल्याउन प्रविधिहरूको सदुपयोग गर्दै जाँदा, संभवत: यो गोपनीयता सम्बन्धी नीतिमा परिवर्तन आउनेछ। हामी तपाईँलाई यस नीतिलाई समयसमयमा हेरिरहन आग्रह गर्दछौँ ताकि तपाईँले त्यतिबेलाको गोपनीयता सम्बन्धी नीतिको बारेमा बुझ्नुहुनेछ।

यदि तपाईँ युरोपेली संघ वा युरोपेली आर्थिक क्षेत्रमा बसोबास गर्ने ELS को वर्तमान वा पूर्व कर्मचारी हुनुहुन्छ भने, कृपया, तलको "युरोपेली संघ वा युरोपेली आर्थिक क्षेत्रबाट प्राप्त सूचना" खण्ड हेर्नुहोला।

हामीले कस्तो विवरण सङ्कलन गर्दछौँ?

   क) व्यक्तिगत विवरण

तपाईँले हाम्रो वेबसाइट कसरी प्रयोग गरिरहनु भएको छ, त्यसको आधारमा हामी विभिन्न प्रकारका “व्यक्तिगत विवरण” सङ्कलन गर्दछौँ, जस्तो:

  • तपाईँले हामीबाट अर्डर गर्नुभयो भने, हामी तपाईँको नाम, ठेगाना, इमेल, फोन नंबर, र समाप्ति मिति सहित क्रेडिट कार्ड नंबर माग्दछौँ।
  • तपाईँले हामीबाट अर्डर गर्नुभयो भने, हामी तपाईँको खाता र तपाईँको खरिद विवरणको अभिलेख राख्न सक्नेछौँ।
  • तपाईँ अनलाइन स्विप्सटेक (घोडादौड बाजी) वा प्रतियोगितामा सहभागी बन्नुभयो भने हामी प्राय: तपाईँको नाम, ठेगाना, इमेल र फोन नंबर माग्छौँ। हामी तपाईँको थप विवरण पनि माग्न सकछौँ, जस्तो तपाईँको उमेर, रुचिहरू, सामानको प्राथमिकता, वा पोस्टल कोड।
  • तपाईँले जिज्ञासा (वा सोधपुछ) पेश गर्नुभएको छ भने त्यसको प्रतिक्रिया दिन हामीलाई तपाईँको नाम, इमेल र पोस्टल कोड चाहिन्छ।

हामीले तपाईँको व्यक्तिगत विवरण सङ्कलन गरेको कुरा तपाईँले जहिले पनि थाहा पाउन सक्नुहुन्छ किनकि तपाईँले स्वैच्छिक रूपमा पेश गर्नुभएको विवरण नै हामी सङ्कलन गर्छौँ। यदि हामीलाई हाम्रा वेबसाइटहरूको माध्यमबाट व्यक्तिगत विवरण दिन चाहनुभयो भने हामीले सो विवरण सङ्कलन गरेर सुरक्षित राख्नेछौँ, र तपाईँले सो विवरण हाम्रो सर्भरमा स्थानान्तरण गरी भण्डारण गर्ने सहमति प्रदान गर्नुहुनेछ। यदि तपाईँले हामीलाई व्यक्तिगत विवरण नदिने निर्णय गर्नुभयो भने हामीले तपाईँलाई चाहिएको वा अनुरोध गर्नुभएको कुनै पनि सेवा प्रदान गर्न असफल हुन सक्छौँ।

   ख) गैर-व्यक्तिगत विवरण

तपाईँले हाम्रो वेबसाइट प्रयोग गर्दा हामी “गैर-व्यक्तिगत विवरण” पनि सङ्कलन गर्न सक्छौँ, जुन विवरण त्यस्ता हुन्छन्, जसको प्रयोग गरेर तपाईँलाई सम्पर्क गर्न सकिन्न, जस्तो जनसांख्यिकीय विवरण (जस्तो तपाईँको उमेर, लिङ्ग, आय, शिक्षा, पेशा, पोस्टल कोड, आदि) वा प्राविधिक विवरण (जस्तो तपाईँको IP ठेगाना, तपाईँले प्रयोग गरिरहनुभएको ब्राउजरको प्रकार)। गैर-व्यक्तिगत विवरणमा तपाईँले हाम्रो वेबसाइट प्रयोग गर्ने क्रममा तपाईँले उपलब्ध गराउनुभएको विवरण पनि पर्न सक्दछ, जस्तो हाम्रो वेबसाइटको खोज (सर्च) कार्यमा तपाईँले प्रविष्ट गर्नुहुने शब्दावलीहरू।

   ग) कुकीज र समान प्रकारका प्रविधिहरू

तपाईँ हाम्रो वेबसाइट वा सेवामा भिजिट गर्दा वा अन्तरक्रिया गर्दा, अझ बृहत्तर अनुभूति प्रदान गर्ने लक्ष्य सहित, हाम्रा सेवाहरूलाई सुचारु राख्न, हाम्रो कार्यसम्पादनमा सुधार ल्याउन, वा तपाईँलाई थप सुविधाहरू प्रदान गर्न, हामी वा हाम्रा आधिकारिक सेवा प्रदायकहरूले कुकीज, स्पष्ट gifs, लग फाइल, फ्लास कुकीज, र त्यस्तै प्रकारका प्रविधिहरूको प्रयोग गर्न सक्नेछन्।

ELS ले अधिकांश प्रयोग गर्ने ट्र्याकिङ प्रविधिहरूका प्रकारहरू (संयुक्त रूपमा “कुकीज तथा समान प्रकारका प्रविधि”) मा निम्न पर्दछन्:

कुकीज: वेबसाइटले पठाएको सूचनाको सानो हिस्सा जुन तपाईँको कम्प्युटरको ब्राउजरमा वा उपकरणको मेमोरीमा बचत भएर बस्छ। यसमा तपाईँसँग अन्तरक्रिया गर्न र तपाईँको अनुभवलाई व्यक्तिकृत गर्न साइटलाई आवश्यक पर्ने जानकारी राख्न सक्छ। ELS मा हामी दुई प्रकारका कुकीज प्रयोग गर्छौँ, सेसन (अस्थायी) कुकीज र पर्सिस्टेन्ट (स्थायी) कुकीज।

सेसन कुकीज तपाईँ ELS को वेबसाइटमा रहूञ्जेल वा तपाईँको ब्राउजर चालु रहँदासम्म रहन्छ। तपाईँ ब्राउजर बन्द गरेपछि वा ELS को वेबसाइटबाट बाहिरिएपछि ती कुकीज मेटिन्छन्। हामी यी सेसन कुकीज तपाईँ हाम्रो वेबसाइटमा किनमेल गर्न आवश्यक पर्ने विवरण कायम राख्नको लागि प्रयोग गर्दछौँ। उदाहरणको लागि, हामीले तपाईँको ब्राउजरलाई बचत गर्न अनुरोध गर्ने सेसन आईडी कुकीले तपाईँले ELS कार्यक्रमको लागि पेश गर्नुभएको अनलाइन आवेदनको लागि आईडी (पहिचान) कायम राख्दछ। सेसन आईडी कुकी बिना तपाईँले चेकआउटबाट आवेदन सम्पन्न गर्न सक्नुहुन्न।

त्यसको विपरीत, पर्सिस्टेन्ट कुकीज एक भिजिटदेखि अर्को भिजिटसम्म रहिरहन्छ। तिनलाई तपाईँले मेटाउन नचाहेसम्म तपाईँको ब्राउजरको क्याचेमा वा उपकरणमा भण्डारण गरी राखिन्छ। हामी तपाईँलाई अझ व्यक्तिकृत अनुभव दिलाउन र तपाईँलाई हाम्रो साइट अझ कुशलतापूर्वक चलाउन सहयोग गर्नको लागि पर्सिस्टेन्ट कुकीजको प्रयोग गर्न सक्छौँ।

तपाईँलाई चिन्नको लागि कुकीजको प्रयोग हुन सक्छ। तर त्यसको अर्थ कुकीजमा व्यक्तिगत विवरण भण्डार हुन्छ नै भन्ने चाहिँ होइन। ELS मा हामी कुकीजमा तपाईँको बारेमा कुनै व्यक्तिगत विवरण राख्दैनौँ। तपाईँले हामीलाई दिन चाहेको कुनै पनि विवरण (जस्तो, तपाईँको ठेगाना र इमेल) हाम्रो सुरक्षित सर्भरमा भण्डारण गरिन्छ। कुकिजको बारेमा र तिनलाई कसरी निष्क्रिय गराउने भन्ने बारेमा थप जानकारीको लागि कृपया www.allaboutcookies.org मा हेर्नुहोस्।

वेब बेकन्स्: हामीले हाम्रा वेबसाइट, सेवा, अनुप्रयोग, वा औजारहरूमा संलग्न गर्न सकिने साना ग्राफिक प्रतिमाहरू (जसलाई “पिक्सेल ट्याग” वा “क्लियर जिफ्स” पनि भनिन्छ) ले कुकीजसँगको संयोजनमा हाम्रा प्रयोगकर्ता र तिनका आचरण पहिचान गर्न कार्य गर्दछन्।

समान प्रकारका प्रविधि: सेयर गरिएका स्थानीय वस्तुहरू वा स्थानीय भण्डार प्रयोग गरेर तपाईँको ब्राउजर वा उपकरणमा विवरण भण्डारण गर्ने प्रविधिहरू, जस्तो फ्लयास कुकीज, HTML 5 कुकीज, र अन्य वेब अनुप्रयोग सफ्टवेयर विधिहरू। यी प्रविधिले तपाईँका सबै ब्राउजरहरूमा काम गर्न सक्छन्, र कुनै कुनै अवस्थामा त तपाईँको ब्राउजरले पूर्ण रूपमा व्यवस्थापन नगर्न पनि सक्छन् र सिधै तपाईँले स्थापना गर्नुभएको अनुप्रयोग वा उपकरणले व्यवस्थापन गर्नुपर्ने हुन सक्छ। हामीले तपाईँलाई हाम्रो वेबसाइटभित्र वा बाहिर लक्षित विज्ञापन गर्न विवरण भण्डारण गर्नको लागि यी प्रविधिको प्रयोग गर्दैनौँ।

मोबाइल डेटा सङ्कलन: MyELS मोबाइल अनुप्रयोग र हाम्रा वेबसाइटको मोबाइल संस्करणले तपाईँको बाउजिङ अनुभवमा सुधार ल्याउनको लागि कुकीज, फ्ल्यास कुकीज, वेब बेकन, एनालिटिकल ट्याग, लग फाइल र जियोलोकेसन जस्ता प्रविधिको प्रयोग गर्न सक्छौँ। हामीले तपाईँलाई तपाईँको सही अवस्थिति (स्थान) उपलब्ध गराउन, वा तपाईँको मोबाइल उपकरणलाई अवस्थिति बताउन सक्ने गराउन अनुरोध गर्न सक्छौँ। उदाहरणको लागि, यदि तपाईँले कुनै स्थान आफ्ना साथीभाइ वा नातेदारलाई सेयर गर्न MyELS अनुप्रयोगको गन्तव्य प्लानर सुविधा प्रयोग गर्नुभयो भने, तपाईँलाई MyELS लाई तपाईँको वर्तमान अवस्थिति प्रयोग गर्ने अनुमति प्रदान गर्न अनुरोध गरिन्छ। तपाईँले MyELS लाई तपाईँको वर्तमान अवस्थिति प्रयोग गर्ने अनुमति प्रदान नगरेर आफैँ अवस्थिति प्रविष्ट गर्न पनि सक्नुहुन्छ। तपाईँको उपकरण वा ब्राउजर सेटिङमा गएर निश्चित स्थानको डेटा प्रयोग गर्ने अनुमति नदिन पनि सक्नुहुन्छ, जस्तो, आईओएस सेटिङमा MyELS अनुप्रयोगको लागि “लोकेसन सर्विसेज” निस्क्रिय गरेर।

आधिकारिक तेश्रो-पक्ष सेवा प्रदायकद्वारा कुकीज तथा समान प्रकारका प्रविधिको प्रयोग

हामी तेश्रो-पक्षीय कम्पनीसँग सहकार्य गर्न सक्छौँ, जसलाई सामान्यतया सेवाप्रदायक भनिन्छ, उनीहरूलाई हाम्रो अनुमति सहित हाम्रा वेबसाइटहरूमा कुकीज र समान प्रकारका प्रविधि राख्न अधिकार प्रदान गरिएको हुन्छ। यी सेवा प्रदायकहरूले हामीलाई तपाईँलाई अझ बृहत्तर, तिब्र र सुरक्षित अनुभव दिलाउन सहयोग पुर्‍याउँछन्।

यी सेवा प्रदायकहरूले हाम्रा आफ्नै विषयवस्तु र विज्ञापन डेलिभर गर्न र नामरहित साइट मेट्रिक्स् र एनालिटिक्स् सङ्कलन गर्ने कार्यमा सहयोग पुर्‍याउन कुकीज र समान प्रकारका प्रविधिको प्रयोग गर्न सक्छन्। हामीले यी सेवा प्रदायकहरूमध्ये कसैलाई पनि उनीहरूको प्रयोजनको लागि हाम्रो वेबसाइटमा तपाईँको कुनै पनि व्यक्तिगत विवरण सङ्कलन गर्ने अधिकार प्रदान गर्दैनौँ। तेश्रो-पक्षीय कुकीज तथा समान प्रकारका प्रविधिहरू तेश्रो-पक्ष गोपनीयता सम्बन्धी नीतिद्वारा निर्देशित हुन्छन्।

डु नट ट्र्याक

ELS ले हाल ब्राउजरका डु नट ट्र्याक संकेतहरूमा प्रतिक्रिया जनाउँदैन। यस गोपनीयता सम्बन्धी नीतिमा पहिले नै व्याख्या गरे अनुरूप हामीले तपाईँबाट व्यक्तिगत विवरण सङ्कलन गर्दा, तेश्रो-पक्षीय वेबसाइट वा अनलाइन सेवाहरूमा तपाईँको अनलाइन क्रियाकलापको अनुगमन गर्नको लागि (जसलाई व्यवहारजन्य विज्ञापन वा रुचिमा आधारित विज्ञापन पनि भनिन्छ) हामी व्यक्तिगत विवरण सङ्कलन गर्दैनौँ।

ELS को वेबसाइटहरूमा सामग्रीहरू (जस्तो बटन, विजेट, र अन्य अन्त:स्थापित सुविधा वा सामग्री) अन्त:स्थापन (इम्बेड) गर्ने तेश्रो-पक्षले प्रयोगकर्ताको ब्राउजरमा कुकीज स्थापना गर्न सक्छन् र/वा तपाईँ निश्चित आईपी ठेगानाबाट हाम्रो वेबसाइट भिजिट गरेको कुराको विवरण प्राप्त गर्न सक्छन्। हामी त्यस बाहेकका कुनै पनि व्यक्तिगत विवरण, तपाईँले उनीहरूलाई सिधै उपलब्ध नगराएसम्म, सङ्कलन गर्ने अधिकार तेश्रो-पक्षलाई प्रदान गर्दैनौँ।

हामी तपाईँको विवरण कसरी प्रयोग गर्छौँ?

   क) व्यक्तिगत विवरण

यदि तपाईँले आफ्नो व्यक्तिगत विवरण हामीलाई उपलब्ध गराउने निर्णय गर्नुभयो भने, हामीले तपाईँको विवरण, तलका लगायत, विभिन्न तरीकाले प्रयोग गर्न सक्छौँ:

  • अर्डरको प्रक्रिया अगाडि बढाउन र सोधपुछको प्रतिक्रिया दिन।
  • स्विप्स्टेक्स् वा प्रतियोगिता सञ्चालन गर्न।
  • तपाईँको अनलाइन अनुभवमा सुधार ल्याउन। उदाहरणको लागि, हामीले तपाईँको पहिचान गरी हाम्रो वेबसाइटमा स्वागत गर्न प्रयोग गर्न सक्छौँ।
  • बजार व्यवस्थापन र प्रबर्धनात्मक प्रयोजनको लागि। उदाहरणको लागि, हामी हाम्रा ग्राहकहरूलाई चासो लाग्न सक्ने उत्पादन वा कार्यक्रम (इभेन्ट) को बारेमा इमेल पठाउँछौँ। हामी छुट तथा नि:शुल्क सेवाको लागि पनि अफरहरू पठाउन सक्छौँ।
  • हामी तपाईँलाई इमेल अफर पठाउन सक्छौँ। हामी तपाईँले पहिले नै यी इमेल अफर प्राप्त गर्न इच्छुक भएको कुरा इङ्गित गर्नुभएको खण्डमा मात्र इमेल अफर पठाउनेछौँ। हामीले प्रत्येक पटक इमेल अफर पठाउँदा तपाईँलाई पछि आउने इमेल अफरहरू प्राप्त नगर्ने कुरा छनोट गर्ने अवसर उपलब्ध गर्दछौँ।

ELS तपाईको गोपनीयताको सम्मान गर्दछ। तपाईँले टेलिफोन तपाईँको सम्पर्क गर्ने रुचाइएको विधि भनेर इङ्गित नगरेसम्म हामी तपाईँलाई कल गर्दैनौँ। त्यसको साथसाथै, तपाईँको फोन नंबर कुनै पनि असम्बद्ध तेश्रो-पक्षलाई बिक्री गरिने छैन वा दिइने छैन।

   ख) क्रेडिट कार्ड विवरण

क्रेडिट कार्ड नंबरहरू हाम्रो डेटाबेसमा भण्डारण हुँदैन। तपाईँको विवरण क्रेडिट कार्ड प्रमाणीकरण गरी कुल अर्डरको प्रक्रिया अगाडि बढाउनको लागि हाम्रो भुक्तानी प्रशोधकमा स्थानान्तरण गर्न इन्क्रिप्सनको प्रयोग गर्दछौँ। यदि प्रमाणीकरण, ठेगाना पुष्टीकरण र जोखिम मूल्याङ्कन सबै पूर्ण भइसकेपछि अर्डर स्वीकार गरिन्छ र पूर्व अनुज्ञाको बिलिङ प्रयोजनको लागि अर्डरसँग एक पृथक आईडी सम्बन्धित हुन्छ। यो आईडी मा क्रेडिट कार्ड नंबरसँग कुनै पहिचानजन्य सम्बन्ध हुँदैन।

   ग) गैर-व्यक्तिगत विवरण

हामी सङ्कलित गैर-व्यक्तिगत विवरण हाम्रो वेबसाइट कसरी प्रयोग भइरहेको छ भन्ने कुराको विश्लेषण गर्न, र हाम्रा वेबसाइटका विषयवस्तुमा सुधार ल्याउन प्रयोग गर्दछौँ।

तपाईँको विवरण हामी कसरी सेयर गर्दछौँ?

   क) सम्बद्ध पक्षहरू

यस नीतिमा विशेष रूपमा तय गरिएको अवस्थामा बाहेक हामी तपाईँको अनुमति बेगर कुनै असम्बद्ध तेश्रो-पक्षलाई तपाईँको व्यक्तिगत विवरण सेयर गर्दैनौँ। हामी जनसांख्यिकीय विवरण जस्ता समग्र विवरण र हाम्रो तथ्याङ्कगत विश्लेषण विज्ञापनदाता तथा अन्य व्यावसायिक साझेदार लगायत तेश्रो-पक्षलाई प्रकट गर्न सक्छौँ। यो समग्र विवरणमा तपाईँको व्यक्तिगत विवरण संलग्न हुँदैन। तर, हामी तपाईँको व्यक्तिगत विवरण हामीलाई नियन्त्रण गर्ने, हाम्रो नियन्त्रणमा रहेका, वा हामीसँग साझा नियन्त्रण रहने केही इकाइ (हाम्रा “सम्बद्धहरू”), र हाम्रा सम्बद्धहरूद्वारा सञ्चालित वेबसाइटहरूसँग सेयर गर्न सक्छौँ, ताकि हामी वा उनीहरू तपाईँलाई रुचिकर हुने उत्पादन वा सेवा प्रदान गर्न सकूँ। हाम्रा सम्बद्धहरू त्यस्ता विवरण हाम्रो निर्देशन र यस नीतिसँगत र अन्य कुनै पनि उपयुक्त गोपनीयता र सुरक्षासम्बन्धी उपाय अनुरूप प्रशोधन गर्न अनिवार्य गर्दछौँ।

   ख) सेवा प्रदायक र तेश्रो-पक्ष

स्विप्स्टेक्स् वा अन्य कार्यक्रम सञ्चालन गर्न हामी बजार-व्यवस्थापन गर्ने एजेन्सी वा अर्को वेबसाइटसँग सहकार्य गर्न सक्छौँ। यस्तो अवस्थामा, यदि तपाईँले उनीहरूलाई प्रत्यक्ष विवरण उपलब्ध गराउनु भयो भने, सहभागी हुने प्रत्येक तेश्रो-पक्षले तपाईँबाट व्यक्तिगत विवरण सङ्कलन गर्न सक्छन्। तसर्थ, तपाईँले आफ्नो विवरण उनीहरूले कसरी प्रयोग गर्दछन् र तपाईँसँग कुन कुन प्रकारका विकल्पहरू छन् भन्ने कुरा बुझ्नको लागि उनीहरूको गोपनीयता सम्बन्धी नीति हेर्नुहोस्।

ELS ले तपाईँको व्यक्तिगत विवरण ELS को लागि सेवा प्रदान गर्ने बाह्य कम्पनीहरूसँग आदानप्रदान गर्न सक्छ। उदाहरणको लागि, निश्चित ग्राहक विवरण रहेको डेटाबेस व्यवस्थापन गर्न वा कुनै इमेल अफर तयार पारेर वितरण गर्न हामीले कुनै बाह्य कम्पनीलाई लिन सक्छौँ। हामीले बाह्य कम्पनीसँग काम गर्दा, तपाईँको विवरण हाम्रो निर्देशन र यस नीति अनुरूप प्रशोधन गर्न अनिवार्य गर्दछौँ। हामी तपाईँको विवरण हामीले अनुरोध गरेका सेवाहरू उपलब्ध गराउनको लागि मात्र प्रयोग हुने र अन्य प्रयोजनको लागि प्रयोग नहुने कुराको सुनिश्चितता गर्न निर।माण गरिएका उपयुक्त कदमहरू चाल्नेछौँ।

   ग) अन्य खुलासा

त्यसको साथसाथै, ELS ले तपाईँको व्यक्तिगत विवरण कानुनको पालना गर्न वा हाम्रो हित वा सम्पत्तिको रक्षा गर्न तपाईँको व्यक्तिगत विवरण आदानप्रदान गर्न सक्छ। यसमा तपाईँको व्यक्तिगत विवरण अदालतको आदेश, कानुनी प्रक्रिया, आदिको प्रतिक्रिया दिँदा, वा गैरकानुनी क्रियाकलाप, ठगीको शंका, प्रयोगका सर्तहरूको उल्लंघनसँग सम्बन्धित अपराध अनुसन्धान वा कार्यवाही गर्ने क्रममा, वा कानुनी रूपमा आवश्यक परेको खण्डमा प्रदान गर्ने पर्न सक्दछ।

के मेरो विवरण सुरक्षित छ?

ELS हाम्रा वेबसाइटमा सङ्कलन गरेका विवरण सकेसम्म सुरक्षित राख्ने विषयमा प्रतिबद्ध छ। हामीले सङ्कलन गर्ने विवरण सुरक्षित राख्नको लागि, अनधिकृत पहुँचबाट टाढा राख्न, डेटाको विशुद्धता कायम गर्न, र विवरणको सही सदुपयोगको सुनिश्चितताको लागि हामीले शारीरिक, इलेक्ट्रोनिक तथा व्यवस्थापकीय विधिहरू अपनाएका छौँ।

सूचना विद्युतीय माध्यमबाट आदानप्रदान गर्दा जहिले पनि केही जोखिम हुन्छ। हामीलाई उपयुक्त लागेसम्म, हामीले उद्योग स्तरीय सुरक्षात्मक उपायहरू अपनाउँछौँ। त्यति हुँदाहुँदै पनि, हामी हाम्रो डेटाबेसको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनौँ, न त तपाईँले हामीलाई इन्टरनेटको माध्यमबाट आफ्नो विवरण पठाउँदा अवरोध नआऊला भन्ने कुराको पनि ग्यारेन्टी गर्न सक्छौँ।

पहुँच र सुधार

तपाईँले निम्नमध्ये कुनै कुराको अनुरोध गर्नु परेमा हामीलाई कुनै पनि समय rita.pauls@berlitz.de मा इमेल गरेर सम्पर्क राख्न सक्नुहुन्छ: १) हामीसँग, यदि भएमा, तपाईँको कुन व्यक्तिगत विवरण छ भन्ने थाहा पाउन, २) तपाईँको बारेमा हामीसँग भएका कुनै पनि व्यक्तिगत विवरण परिवर्तन वा सुधार गर्न, ३) तपाईँको बारेमा हामीसँग भएका कुनै पनि विवरण मेटाउनु परेमा, ४) तपाईँको व्यक्तिगत विवरण हामीले प्रयोग गर्ने सम्बन्धमा कुनै पनि सरोकार वा चासो व्यक्त गर्न। प्राविधिक रूपमा तपाईँको बारेमा हामीसँग भएका विवरणको प्रत्येक अंश हाम्रो प्रणालीबाट सुधार्न वा मेटाउन सम्भव हुँदैन, र डेटा मेटाउन नमिल्ने वा समग्र रूपमा रहेको हुन्छ। हामीले निश्चित अवधिको लागि डेटा हाम्रो ब्याकअप वा अस्थायी प्रणालीहरूमा राख्न सक्छौँ। हामीले केही विवरण कानून, करार वा लेखापरीक्षण प्रयोजनको लागि अझ लामो समयसम्म पनि राखिराख्न सक्छौँ।

बालबालिकाको गोपनीयताको बारेमा के हुन्छ?

हाल १३ वर्ष मुनिका कुनै पनि व्यक्तिको व्यक्तिगत विवरण जानी-जानी सङ्कलन गर्ने हाम्रो नीति छैन। यदि अभिभावक वा आमाबाबुलाई उनीहरूको अनुमति बेगर उनीहरूका बालबच्चाले व्यक्तिगत विवरण हामीलाई उपलब्ध गराएको जानकारी पाएमा, उहाँहरूले हामीलाई rita.pauls@berlitz.de मा इमेल गरेर सम्पर्क गर्नुपर्छ। यदि १३ वर्षमुनिका बालबच्चाले हामीलाई व्यक्तिगत विवरण उपलब्ध गराएको हामीले थाहा पाएमा हामीले सकेसम्म छिटो त्यस्तो विवरण मेटाउने प्रयास गर्नेछौँ।

यदि तपाईँ १८ वर्षभन्दा कम उमेरको हुनुहुन्छ र क्यालिफोर्नियामा बसोवास गरिरहनु भएको छ भने, तपाईँलाई आफूले हाम्रो वेबसाइटमा पोस्ट गरेको कुनै पनि सामग्री हटाउन अनुरोध गर्ने अधिकार छ। हटाउने अनुरोध पूर्ण रूपमा प्राप्त गरेपछि, हाम्रो वेबसाइटबाट तपाईँले पोस्ट गरेको सामग्री हटाउन व्यावसायिक दृष्टिले उचित प्रयास गर्नेछौँ। त्यस प्रकारको कुनै पनि अनुरोधले तपाईँले पोस्ट गर्नुभएको सामग्री पूर्ण वा विस्तृत रूपमा हट्ने कुराको सुनिश्चितता गर्दैन्। उदाहरणको लागि, तपाईँले पोस्ट गर्नुभएको सामग्री अरू कसैले पुन: पोस्ट गरेको छ, कुनै तेश्रो-पक्षले स्वतन्त्र रूपमा पोस्ट गरेको थियो, तपाईँले बेनाम रूपमा पोस्ट गर्नुभएको थियो वा सो सामग्री उपलब्ध गराए वापत तपाईँले क्षतिपूर्ति प्राप्त गर्नुभएको थियो भने सो सामग्री ELS वेबसाइटमा देखा परिरहन सक्छ। त्यसको साथसाथै, ELS तपाईँको सामग्री हाम्रा वेबसाइटबाट हटाउनेछ तर सो सामग्री हाम्रो सर्भरमा भण्डारण भएर बसिरहन सक्छ (यद्यपि सो सामग्री हाम्रा वेबसाइटका अन्य प्रयोगकर्ताले हेर्न सक्नेछैनन्)। हटाउने अनुरोध अगाडि बढाउनको लागि तपाईँले हटाउने अनुरोध फाराम सही रूपमा र पूर्ण रूपमा भर्नुपर्दछ।

क्यालिफोर्निया नाबालिग हटाउने निवेदन कसरी पेश गर्ने

यदि तपाईँ १८ वर्षभन्दा कम उमेरको र क्यालिफोर्नियामा बसोवास गरिरहनुभएको छ, र तपाईँले पोस्ट गरेको सामग्री ELS वेबसाइटबाट हटाउन चाहनुहुन्छ भने कृपया तल सूचीकृत ELS का एजेन्टलाई निम्न विवरण सहित लिखित सूचना दिनुहोस्:

(१) तपाईँ हाल क्यालिफोर्निया राज्यको कानुनी रूपमा वैध बासिन्दा भएको पुष्टि;

(२) तपाईँको जन्म मिति उपलब्ध गराएर आफू १८ वर्षभन्दा कम उमेरको भएको पुष्टि;

(३) तपाईँले हटाउन चाहेको विशेष सामग्रीको बारेमा व्याख्या गर्नुहोस् (यदि सम्भव भए यूआरएल उपलब्ध गराउनुहोस्);

(४) तपाईँको पूरा नाम दिनुहोस्; र

(५) तपाईँको इमेल ठेगाना दिनुहोस्।

क्यालिफोर्निया नाबालिग हटाउने निवेदनको लागि ELS को निर्दिष्ट एजेन्टलाई निम्न बमोजिम सम्पर्क गर्न सकिन्छ:

सेवा प्रदायक: ELS शैक्षिक सेवा, इक.
निवेदनको एजेन्टको नाम: रिता पल्स
हुलाक मार्फत: 7 रोस्जल रोड, प्रिन्स्टन, NJ 08540
फ्याक्स मार्फत: (609) 524-9870
इमेल: rita.pauls@berlitz.de (कृपया विषय लाइनमा “क्यालिफोर्निया बालबालिका निषेध निवेदन” थप्नुहोस्)

परिवर्तनहरू

इन्टरनेटको परिवर्तनशील प्रकृतिको कारणले ELS मा यो नीति कुनै पनि बेला परिवर्तन गर्ने अधिकार सुरक्षित रहनेछ। यो नीति अन्तिम पटक सेप्टेम्बर ५, २०१६ मा अद्यावधि गरिएको थियो ।

युरोपेली संघ, युरोपेली आर्थिक क्षेत्र, वा स्विजरल्याण्डबाट प्राप्त सूचना

युरोपेली संघ, युरोपेली आर्थिक क्षेत्र, वा स्विजरल्याण्डबाट प्राप्त सूचनाको लागि बर्लिज ल्याङ्ग्वेजेज, इङ्क. को सहायक कम्पनीको रूपमा ELS व्यक्तिगत विवरणको यस नीति बमोजिम र अमेरिकी वाणिज्य विभागद्वारा प्रबन्ध गरिएको EU-U.S. गोपनीयता शिल्ड (वा स्विस-अमेरिकी गोपनीयता शिल्ड, जुन लागू हुन्छ) अनुसार व्यवस्थापन गर्न प्रतिबद्ध छ । यदि यस नीति र गोपनीयता शिल्ड सिद्धान्तहरू बिच कुनै प्रकारको भिन्नता भएमा गोपनयता शिल्ड सिद्धान्तहरू मान्य हुनेछन् । EU-U.S. र स्विस गोपीयता शिल्ड फ्रेमवर्कहरूको बारेमा थप जानकारी प्राप्त गर्न र बर्लिज प्रमाणीकरण हेर्न, कृपया https://www.privacyshield.gov/list भिजिट गर्नुहोस् ।

ELS ले गोपनीयता शिल्ड अन्तर्गत प्राप्त गरेको र पछि तेस्रो पक्षलाई हस्तान्तरण गर्ने व्यक्तिगत विवरणप्रतिको प्रतिबद्धताको बारेमा गोपनीयता शिल्ड सिद्धान्तहरूमा व्याख्या गरिएको छ । विशेष गरी, यदि ELS ले संलग्न गराएको तेस्रो पक्षले व्यक्तिगत विवरण सिद्दान्त विपरीत हुने गरी प्रशोधन गरेमा, ELS ले क्षति पुर्‍याउने सो घटनाको आफू जिम्मेवार नरहेको प्रमाणित गर्न सकेको खण्डमा बाहेक, ELS ले गोपनीयता शिल्ड सिद्धान्त अन्तर्गत जिम्मेवारी र उत्तरदायित्व बहन गर्नेछ ।

यदि तपाईँ युरोपेली संघ, युरोपेली आर्थिक क्षेत्र, वा स्विजरल्याण्डमा रहने ELS को वर्तमान वा पूर्व कर्मचारी हुनुहुन्छ भने, ELS ले ELS सँग तपाईँको रोजगारी, ELS को सहायक कम्पनी, फ्रेंचाइजी, वा एजेन्ट सम्बन्धी निश्चित व्यक्तिगत विवरण सङ्कलन गर्न सक्छ, उदाहरणको लागि तपाईँको संपर्क ठेगाना, रोजगारी तथा शैक्षिक विवरण, वित्तीय विवरण, उमेर, लिङ्ग, राष्ट्रियता, जन्म मिति वा स्थान, वैवाहिक अवस्था, भाषिक सीप, कर्मचारी तथा सरकारी आईडी, आय, रोजगारी मिति, र कर विवरण (“मानव संसाधन आँकडा”) । मानव संसाधन आँकडा प्रशासन र सञ्चारको लागि, र श्रम कानुनको पालना गर्नको लागि स्थानान्तरण र प्रशोधन गरिन्छ ।

तलको “हामीलाई कसरी सम्पर्क गर्न सक्नुहुन्छ” खण्डमा थप व्याख्या गरिए अनुसार हामी तपाईँका कुनै गोपनीयता शिल्ड सम्बन्धी (वा सामान्य गोपनीयता सम्बन्धी) गुनासो भएमा हामीलाई सम्पर्क गर्न आग्रह गर्दछौँ ।

तपाईँले हामीलाई कसरी सम्पर्क गर्न सक्नुहुन्छ?

यदि यस नीतिको बारेमा कुनै प्रश्न वा टिप्पणी रहेमा कृपया सम्पर्क (Contact) फाराम प्रयोग गर्नुहोस्। उजुरीहरू ELS को उजरी प्रक्रिया अनुरूप आन्तरिक रूपमा समाधान गरिनेछ। यदि तपाईँ युरोपेली संघ, युरोपेली आर्थिक क्षेत्र, वा स्विजरल्याण्डमा बसोवास गर्नुहुन्छ, आन्तरिक रूपमा समाधान गर्न गरिएको प्रयास सन्तोषजनक नरहेको खण्डमा उजुरीलाई अमेरिकी मध्यस्थता संघ (http://www.adr.org) मा पठाउन सकिन्छ, जसलाई यस नीति अन्तर्गत युरोपेली संघ, युरोपेली आर्थिक क्षेत्र, वा स्विजरल्याण्डबाट प्राप्त भएका डेटाको प्रयोग सम्बन्धी उजुरी र विवाद समाधान गर्न स्वतन्त्र रिकोर्स (उपायजन्य) संयन्त्रको रूपमा छनोट गरिएको छ। ELS लाई U.S. संघीय व्यापार आयोग (FTC) ले अनुसन्धान र नियमको पालना गराउन सक्छ।

यदि तपाईँ युरोपेली संघ, युरोपेली आर्थिक क्षेत्र, वा स्विजरल्याण्डमा रहने ELS को वर्तमान वा पूर्व कर्मचारी हुनुहुन्छ भने, ELS ले त्यस्ता समाधान नभएका गुनासाहरूका सम्बन्धमा (गोपनीयता शिल्ड सिद्धान्तहरूमा थप व्याख्या गरे अनुरूप) EU तथ्याङ्क सुरक्षा निकायहरू (DPAs) सँग सहकार्य गर्ने र उनीहरूको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । कृपया सम्बन्धित DPA हरूसँग सम्पर्क गर्नको लागि हामीलाई सम्पर्क गर्नुहोस् । गोपनीयता शिल्ड सिद्धान्तमा थप व्याख्या गरिए अनुसार अन्य कुनै माध्यमबाट समाधान हुन नसकेका गुनासाहरू समाधानको लागि बाध्यात्मक मध्यस्थताको विकल्प पनि उपलब्ध हुनेछ ।

क्यालिफोर्निया निवासी

क्यालिफोर्निया राज्यका बासिन्दालाई गत वर्ष तेश्रो-पक्षको प्रत्यक्ष बजार व्यवस्थापनको लागि हामीले निश्चित विवरण प्रदान गरेका तेश्रो-पक्षहरूको सूची माग गर्ने अधिकार निहीत छ।

तर, प्रत्यक्ष बजार व्यवस्थापन प्रयोजनको लागि तेश्रो-पक्षलाई व्यक्तिगत विवरण उपलब्ध गराउने हाम्रो नीति छैन, न त त्यस्तो विवरण बिक्री नै गर्छौँ।

तपाईँको सहमति

हाम्रो वेबसाइट प्रयोग गरेर हामीले तपाईँबाट सङ्कलन गरेको विवरण यस गोपनीयता सम्बन्धी नीति अनुसार हामीले प्रयोग गर्ने कुरामा तपाईँ सहमत हुनुहुन्छ । यसमा माथि उल्लेख गरे अनुरूप ELS भित्र र अन्यलाई सूचना खुलासा गर्ने पर्दछन् ।