प्रयोगका सर्तहरू

अन्तिम पटक अद्यावधि गरिएको: नोभेम्बर २३, २०१५


उद्देश्य र प्रयोग

ईएलएस एजुकेसनल सर्विसेज, इङ्क. (सम्पर्क) यस गोपनीयता सम्बन्धी नीतिसँग सम्बन्धित हाम्रा कुनै पनि वेबसाइट, यूआरएल, वा हाम्रो अनुप्रयोग (संयुक्त रूपमा “वेबसाइटहरू”) लयायत, तर त्यतिमै सीमित नभई हाम्रो वेबसाइटमा, नि:शुल्क ईएलएस का उत्पादन र सेवाहरूको बारेमा सूचनाको पहुँचको लागि अनुमति दिन्छ। हाम्रा सबै प्रयोगकर्ताको लागि सुरक्षित र गैर आपत्तिजनक वातावरणको सुनिश्चितताको लागि हामीले यी प्रयोगका सर्तहरू तयार पारेका छौँ, जसले हाम्रो वेबसाइट प्रयोग गर्ने नियमहरूको व्याख्या गर्दछ। हाम्रो वेबसाइटमा पहुँच राख्न प्रयोग गरिरहन प्रयोगकर्ताहरूले कानुनी रूपमा बाध्य र तल दिइएका सर्तहरूको पालना गर्न सहमत छन्।

योग्यता

हाम्रो वेबसाइट १८ वर्ष वा त्योभन्दा बढि उमेरका व्यक्तिहरूको लागि तयार पारिकएको हो। १८ वर्ष भन्दा कम उमेरका जो कसैलाई हाम्रो वेबसाइटमा प्रवेश गर्न वा प्रयोग गर्न सख्त मनाही छ। हाम्रो वेबसाइटमा प्रवेश गरेर वा प्रयोग गरेर तपाईँ १८ वर्ष वा त्यसभन्दा बढी उमेरको भएको प्रत्याभूत गर्नुहुन्छ।

सामग्रीको स्वामित्व र अनुमति

हाम्रो वेबसाइट र तिनमा रहेका सामग्री अमेरिका र विदेशका प्रतिलिपि, ट्रेडमार्क र अन्य कानुनद्वारा सुरक्षित छन्। सामग्रीको, सबै सम्बद्ध बौद्धिक सम्पत्तिको अधिकार लगायत, सबै अधिकार, स्वामित्व र लाभ ईएलएस र यसका अनुमतिदातासँग निहीत रहनेछ। तपाईँले सामग्रीमा समावेश गरिएका वा सामग्रीसँग रहेका कुनै पनि प्रतिलिपि, ट्रेडमार्क, सर्विस मार्क वा अन्य स्वामित्व अधिकार सम्बन्धी सूचना हटाउन, फेरबदल गर्न वा निस्तेज पार्न पाउनुहुने छैन। तपाईँलाई ईएलएस वा यसका अनुमतिदातादको स्वामित्वमा रहेका वा यीद्वारा नियन्त्रित कुनै पनि बौद्धिक सम्पत्ति माथिको अधिकारमा निहितार्थ वा अन्य रूपमा तपाईँलाई लाइसेन्स वा अधिकार प्रदान गरिएको छैन।

ईएलएस ले यी प्रयोगका सर्तहरूको अधीनमा रही, हाम्रो वेबसाइटमा उपलब्ध गराइएका कुनै पनि सामग्री, आफ्नो व्यक्तिगत र गैर-व्यावसायिक प्रयोजनका लागि मात्र, अनि यस प्रयोगका सर्तमा उल्लेख गरिएका सर्त र प्रतिबन्धको पालना गरेर डाउनलोड गर्न, अध्ययन गर्न र प्रिन्ट गर्न अधिकार प्रदान गरेको छ। अन्यथा, पूर्व लिखित अनुमति बेगर हाम्रो वेबसाइटमा रहेका कुनै पनि सामग्रीको प्रतिलिपि उतार्न, भण्डारण गर्न, फेरबदल गर्न वा थप वितरण गर्न मनाही छ। अनुमतिको लागि निवेदन हाम्रो मुख्य कार्यालयको तल दिइएको ठेगानामा लिखित रूपमा पठाउनु पर्नेछ।

ईएलएस एजुकेसनल सर्विसेज, इङ्क.

ध्यानाकर्षण: बजार व्यवस्थापन विभाग

7 रोस्जेल रोड

प्रिन्स्टन, NJ 08540-6306

दायित्व

ईएलएस ले आफ्नो वेबसाइटका सबै क्रियाकलापको अनुगमन गर्दैन तर सो कार्य गर्ने अधिकार राख्छ।

(क) सुरक्षा
प्रयोगककर्तालाई यस साइटमा संलग्न सुरक्षात्मक उपायहरूको उल्लंघन गर्न वा त्यसो गर्ने प्रयास गर्न प्रतिबन्धित छ, जसमा निम्न कार्यहरू पर्दछन्, तर यतिमै सीमित छैनन्:

• गलत पासवेर्ड वा अर्को प्रयोगकर्ताको पासवर्ड प्रयोग गर्नु वा प्रयोगकर्ताको लागि प्रतिबन्धित डेटामा पहुँच पुर्‍याउनु वा सर्भरमा वा प्रयोगकर्तालाई प्रवेश गर्न अधिकार नदिइएको खातामा लगिन (प्रवेश) गर्नु;

• पासवेर्डको खुलासा गर्नु वा तेश्र-पक्षलाई पासवर्ड प्रयोग गर्न अनुमति दिनु वा यदि पासवर्ड चोरी भएमा ईएलएस लाई सूचना दिन चुक्नु;

• प्रणाली वा सञ्जालको कमजोरीको जाँच, खोजी वा परीक्षण गर्नु वा उपयुक्त अनुमति बेगर सुरक्षा वा प्रमाणीकरण विधिको उल्लंघन गर्नु;

• ओभरलोडिङ, “फ्लडिङ”, “मेल बम्बिङ” वा “क्र्यासिङ” को माध्यमबाट लगायत, यीमात्र नभई अन्य तरीकाले कुनै प्रयोगकर्तालाई, होस्ट वा सञ्जाललाई सेवामा अवरुद्ध पार्ने प्रयास गर्नु;

• उत्पादन वा सेवाको प्रबर्धन र/वा विज्ञापन लगायत अवाञ्छित इमेल पठाउनु;

• कुनै पनि इमेल वा न्युजग्रुप पोस्टिङमा कुनै TCP/IP प्याकेट हेडर वा हेडर विवरणको कुनै पनि अंशको नक्कल गर्नु; वा

• वेबसाइट सामग्रीको पूरै वा आंशिक रूपमा अपहरण गर्नु, कुनै वेबसाइट सामग्री हटाउनु वा फेरबदल गर्नु, वा हाम्रो विशेष लिखित अनुमति बेगर वेबसाइटमा लिङ्क गर्नु।

(ख) सामान्य नियम
प्रयोगकर्ताहरूले वेबसाइट कानुनसम्मत प्रयोजनको लागि मात्र प्रयोग गर्न पाउनेछन्। प्रयोगकर्ताले निम्न प्रकारका पाठ, ग्राफिक, तस्बिर, सफ्टवेयर, सङ्गीत, श्रव्य, दृश्य, सूचना वा अन्य सामग्री पोस्ट गर्न, पेश गर्न वा पठाउन वेबसाइटको प्रयोग गर्न पाउने छैनन्: (अ) ईएलएस, यसका सहायक र/वा सम्बद्ध कम्पनी, वा तेश्रो-पक्षका पेटेन्ट, प्रतिलिपि, ट्रेडमार्क, व्यावसायिक रहस्य, नैतिक अधिकार वा बौद्धिक सम्पत्तिको अधिकार, वा प्रचार-प्रसार वा गोपनीयताको अधिकारको उल्लंघन वा दुरुपयोग गर्ने; (आ) कुनै पनि विद्यमान कानुन वा नियमको उल्लंघन गर्ने वा उल्लंघन गर्ने कुनै कार्य गर्न उक्साउने वा नारिक दायित्व उत्पन्न गराउने; (इ) कपटपूर्ण, असत्य, भ्रामक वा धोखापूर्ण; (ई) अपमानजनक, अश्लील, पोर्नोग्राफिक, अशिष्ट वा घृणास्पद; (उ) कुनै व्यक्ति वा समूह बिरुद्ध विभेद, धर्मान्धता, जातिवाद, घृणा, दुर्व्यवहार वा क्षतिको प्रबर्धन गर्ने; (ऊ) कुनै अर्को व्यक्तिप्रति हिंसात्मक वा धम्कीपूर्ण छ वा हिंसा वा धम्कीपूर्ण कार्यलाई बढावा दिन्छ; वा (ए) गैरकानुनी वा हानिकारक क्रियाकलाप वा पदार्थ (अवैध हातहतियार वा अवैध लागू पदार्थको उत्पादन वा खरिदको प्रबर्धन वा सोसम्बन्धी निर्देशनात्मक विवरण उपलब्ध गराउने क्रियाकलाप लगायत, तर त्यतिमै सीमित नभई) को प्रबर्धन गर्दछ।

(ग) उल्लंघन
यदि कुनै पनि प्रयोगले यी नियमहरूको उल्लंघन गरे नगरेको निर्धारण गर्ने र कुनै उल्लंघनको घटना घटेमा त्यसको उचित कारवाही गर्ने पूर्ण विवेकाधिकार ईएलएस मा निहीत हुनेछ। प्रणाली वा सञ्जालको विषयलाई लिएर भएको उल्लंघनमा नागरिक वा आपराधिक अभियोग लाग्न सक्छ। ईएलएस ले त्यस्ता उल्लंघनका घटनाहरूलाई अनुसन्धान गर्नेछ र त्यस्ता उल्लंघन कार्यमा संलग्न प्रयोगकर्ताहरूको पहिचान र अभियोग लगाउने सिलसिलामा कानून प्रवर्तन अधिकारी (प्रहरी) लाई संलग्न, सहकार्य र विवरण उपलब्ध गराउन सक्छौँ।

(घ) प्रयोगमा निषेध
ईएलएस ले आफ्नो स्व-विवेकले कुनै कार्यले यी प्रयोगका सर्तहरू र कुनै विद्यमान कानुनको उल्लंघन गरेको वा अन्य प्रयोगकर्ताको हित विपरीत रहेको यकिन भएमा बिना कुनै सूचना कुनै पनि प्रयोगकर्तालाई वेबसाइटको पूर्ण वा आंशिक रूपमा पहुँचबाट निषेध वा निलम्बन गर्न सक्छ।

पेश गर्ने सामग्री

कुनै पनि प्रकारका अवाञ्छित विचार वा सामग्री स्विकार्ने वा ध्यान दिने ईएलएस को नीति छैन। त्यस्ता सामग्री पेश नगर्नुहोला। यस निषेधित कार्य गरेमा हामीमा पेश गरिएका सामग्रीलाई गोप्य नरहेको र स्वामित्व वा व्यक्तिगत अधिकारको दावीबाट मुक्त रहेको मान्ने अधिकार सुरक्षित रहनेछ। त्यस्ता सामग्री र ती सामग्रीमाथिको सबै अधिकार हाम्रो सम्पत्ति हुनेछ, तपाईँ वा अन्यबाट कुनै दाबी रहने छैन, र तिनलाई हामीले तपाईँ लगायत कसैलाई कुनै क्षतिपूर्ति नदिई वा कुनै प्रकारको दायित्व बेगर विज्ञापन र प्रबर्धन लगायत कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न सक्नेछौँ।

इन्टरनेट र लिङ्क

ईएलएस ले हाम्रो वेबसाइट वा इन्टरनेटमा हाम्रो वेबसाइटसँग तपाईँले गर्ने सञ्चारको सुरक्षाको कुनै प्रकारको जिम्मेवारी बहन गर्ने छैन। ईएलएस को पूर्व अनुमति बेगर हाम्रो वेबसाइटसँग कुनै अन्य वेबसाइटको लिङ्क गर्न सख्त मनाही छ। सुविधाको लागि हामीले केही लिङ्कहरूलाई अनुमति दिन सक्छौँ तर वेबसाइट लिङ्क भएका कुनै पनि असम्बद्ध वेबसाइटहरू प्रति वा हाम्रो वेबसाइटमा ईएलएस बाहेक अरूले पोस्ट गरेका सामग्रीप्रति ईएलएस जिम्मेवार रहने छैन। असम्बद्ध वेबसाइट वा स्रोतमा लिङ्क हुनुको अर्थ त्यस्ता साइट वा स्रोतमा वा त्यस्ता साइट वा स्रोतबाट प्राप्त हुने सामग्री, उत्पादन वा सेवाको ईएलएस ले समर्थन वा अनुमोदन गरेको मानिने छैन। तपाईँले त्यस्ता साइट वा स्रोत प्रयोग गरेबाट हुने जोखिमको लागि तपाईँले नै पूर्ण जिम्मेवारी बहन गर्नुहुनेछ। ईएलएस ले हाम्रो वेबसाइटमा लिङ्क हुने साइट वा लिङ्कहरूका सामग्री, पूर्णता वा शुद्धताको कुनै दावा वा प्रत्याभूत गर्दैन। कृपया लिङ्क गरिएका साइटहरूको साइटका नियम र गोपनीयता सम्बन्धी नीति ईएलएस को भन्दा फरक हुन सक्छ र अन्य कुनै पनि साइटमा प्रवेश गर्दा आफूले समीक्षा गर्नुपर्छ।

निषेधित प्रयोग

हाम्रा वेबसाइट, तिनमा भएका सामग्री वा तिनका सुरक्षात्मक विधिहरूमा वाधा वा क्षति पुर्‍याउनु वा ईएलएस वा हाम्रा उत्पादन वा सेवा वा कर्मचारीमाथि दुर्व्यवहार वा अपमानित गर्न सख्त रूपमा मनाही छ। कुनै पनि अवाञ्छित इमेल (स्प्याम) हाम्रो वेबसाइट मा वा यसमार्फत जाने छैन।

डिजिटल मिलेनियम प्रतिलिपि ऐन ("DMCA") सूचना

ईएलएस एजुकेसन सर्विसेज, इङ्क. ले आफ्नो सिर्जनात्मक सामग्रीमाथिको प्रतिलिपि अधिकारको स्वामित्व आफैँमा सुरक्षित राख्नेछ र यसको सुरक्षा र लागू गर्नेछ, साथसाथै अरूको बौद्धिक सम्पत्तिमाथिको अधिकारको सम्मान गर्दछ। हाम्रो वेबसाइटमा तेश्रो-पक्षका सामग्री र तेश्रो-पक्ष वेबसाइट, पोर्टल र डाइरेक्ट्रीका लिङ्कहरू रहेका छन्। तसर्थ, ईएलएस को स्वामित्व र नियन्त्रणमा नरहेका तेश्रो-पक्षका सामग्री हाम्रो वेबसाइटमा संलग्न गरिएका वा हाम्रो वेबसाइटमा लिङ्क गरिएका वा भण्डारण गरिएका वा ईएलएस वेबसाइट हुँदै सञ्चारित हुन्छन्। ईएलएस लाई ज्ञात भएसम्म यी सामग्रीले अरूको प्रतिलिपि अधिकार हनन गरेका छैनन्। उल्लंघन गरेको दाबी सहितको उचित सूचना प्राप्त भएमा (अर्को अनुच्छेदमा उचित सूचना कसरी दिने भन्ने विषयमा उल्लेख गरिएको छ), ईएलएस ले तिब्र गतिमा उल्लंघनको दाबी गरिएको सामग्रीमा पहुँच हटाएर वा निस्क्रिय गराएर वा सामग्री वा सो सामग्रीको लिङ्क नै हटाएर कारवाही अगाडि बढाउनेछ। ईएलएस को नीति ईएलएस को नजरमा अरूको प्रतिलिपि अधिकार बारम्बार हनन गर्ने तेश्रो-पक्षसँगको सम्बन्ध अन्त्य गर्ने रहेकोछ, जहाँ त्यस्ता पक्षहरूले ईएलएस वेबसाइट, लिङ्क, वा भण्डारण र सञ्चार प्रणाली र सञ्जालको प्रयोग गरेर बारम्बार उल्लंघन गरिरहेका हुन्छन्।

उल्लंघनको दाबी सूचना कसरी दिने

यदि तपाईँको सिर्जना यस्तो तरिकाले नक्कल (कपी) गरिएको छ कि त्यसले प्रतिलिपि कानुनको उल्लंघन गर्दछ भन्ने लाग्छ भने तल दिइएका सूचना एजेन्टहरूलाई लिखित सूचनामा निम्न विवरण उपलब्ध गराउनुहोस्:

(१) तपाईँले उल्लंघनको दाबी गरिरहनुभएको प्रतिलिपि सुरक्षित सिर्जना (वा प्रतिलिपि सुरक्षित सिर्जनाहरूको सूची) को पहिचान;

(२) उल्लंघन गरेको दाबी गरिएको सामग्रीको व्याख्या र पर्याप्त विवरण खुलाउनुहोस् ताकि सो सामग्री हाम्रो वेबसाइटमा भेटाउन सकियोस्;

(३) तपाईँको ठेगाना, टेलिफोन नंबर, र इमेल;

(४) तपाईँ, तपाईँको एजेन्ट वा कानुनले विवादित प्रयोगको अधिकार प्रदान नगरेको तपाईँको असल विश्वास रहेको कथन;

(५) तपाईँको सूचनामा दिइएको विवरण सही र झूठो साक्षीको दण्ड अन्तर्गत प्रतिलिपि अधिकारको स्वामित्व तपाईँमा निहीत रहेको वा प्रतिलिपि स्वामित्व रहेको पक्षको तर्फबाट कारवाही चलाउने अधिकार प्राप्त व्यक्ति रहेको कथन; र,

(६) तपाईँको विद्युतीय वा भौतिक हस्ताक्षर वा तपाईँको तर्फबाट कार्य गर्ने अधिकार प्राप्त व्यक्तिको विद्युतीय वा भौतिक हस्ताक्षर।

प्रितिलिपि कानुनको उल्लंघनका सूचनाको लागि ईएलएस को निर्दिष्ट एजेन्टलाई निम्नानुसार सम्पर्क राख्न सकिन्छ

सेवा प्रदायक: ईएलएस शैक्षिक सेवा, इक.

सूचनाको लागि एजेन्टको नाम: रिता पल्स

हुलाक मार्फत: 7 रोस्जल रोड, प्रिन्स्टन, NJ 08540

फोन मार्फत: (609) 759-5371

फ्याक्स मार्फत: (609) 524-9870

इमेल: rita.pauls@berlitz.de

ईएलएस ले प्रयोगकर्ता र उजुरी गर्ने पक्षको उचित सूचना, प्रति सूचनाको स्वीकृति, र जहाँ इङ्गित गरिएको छ, उल्लंघनको दाबी गरिएको सामग्रीमा "रोक लगाउने" (पुटब्याक) सम्बन्धमा DMCA मा आउटलाइन गरिएको कार्यविधि अपनाउनेछ। DMCA मा भएका व्यवस्थाहरू अध्ययन गर्न www.loc.gov/copyright/legislation/dmca.pdf हेर्नुहोस्।

डिस्क्लेमर

हाम्रो वेबसाइट वा सामग्री, हाम्रो वेबसाइटमा संलग्न सूचना, सामग्री वा उत्पादनको सम्बन्धमा लगायत, तर त्यतिमै सीमीत नभई, व्यक्त या निहीत रूपमा, कुनै प्रकारको वारेण्टी बिना, "जस्ताको तस्तै" उपलब्ध गराइएको छ। अगाडि उल्लेख गरिएको कुरालाई सीमित नराखी, व्यापारिकता, कुनै विशेष प्रयोजनको लागि उपयुक्तता, शान्त प्रयोग वा बौद्धिक सम्पत्ति वा अन्य स्वामित्वको अधिकारको उल्लंघन नहुने, कम्प्युटर भाइरसबाट मुक्त, र लेन-देन वा व्यापारको प्रयोगको क्रममा उत्पन्न वारेण्टीको ईएलएस सार्वजनिक रूपमा अस्वीकार गर्दछ।

वेबसाइट र सामग्रीले तपाईँको आवश्यकता पूर्ति गर्ने वा निर्वाध, सुरक्षित वा त्रुटिरहित आधारमा उपलब्ध हुने कुराको ईएलएस ले कुनै वारेण्टी गर्दैन। ईएलएस सामग्री तथा वेबसाइटको माध्यमबाट प्राप्त कुनै सामग्रीको गुणस्तर वा वेबसाइट मार्फत प्राप्त सामग्री वा सूचनाको शुद्धता, सामयिकता, पूर्णता वा विश्वसनीयताको ईएलएस ले कुनै वारेण्टी गर्दैन।

वेबसाइटमा डाउनलोडको लागि उपलब्ध फाइलहरू भाइरस, वर्म, ट्रोजन हर्स वा सङ्क्रमणीय वा विनाशकारी कोडहरूबाट मुक्त रहने कुराको ईएलएस ले ग्यारेण्टी वा वारेण्टी गर्दैन। ईएलएस ले तपाईँले हाम्रो वेबसाइट प्रयोग गर्दाको कुनै जिम्मेवारी वा जोखिम बहन गर्ने छैन।

क्षतिपूर्ति

तपाईँले वेबसाइट वा सामग्रीमा पहुँच वा प्रयोग वा यी प्रयोगका सर्तहरूको उल्लंघन गर्ने कार्यले वा यिनको कारणले उत्पन्न हुने कुनै दाबी, दायित्व, हानि, क्षति वा उपयुक्त कानुनी वा लेखा शुल्क लगायतका खर्च विरुद्ध ईएलएस, यसका प्रबर्धक, सहायक र सम्बद्ध कम्पनीहरू, अधिकारी, सञ्चालक, कर्मचारी तथा एजेण्टहरूलाई रक्षा गर्न, क्षतिपूर्ति दिन र क्षति वा हानि हुनबाट जोगाउन सहमत हुनुहुन्छ।

दायित्व सीमा

वेबसाइट र सामग्रीमा पहुँच पुर्‍याएर र तिनको प्रयोगको कारणले उत्पन्न हुने पूरै जोखिम तपाईँले बहन गर्ने कुरा कानुनले अनुमति दिएको हदसम्म स्विकारेर त्यसमा सहमत हुनुहुन्छ। वेबसाइट वा सामग्रीको प्रयोग वा प्रयोग गर्न नसक्नाले वारेण्टी, करार, अपकृत्य(लापरवाही लगायत), लापरवाही, उत्पादनको दायित्व, वा अन्य कुनै पनि कानुनी सिद्धान्तको आधारमा, यसभित्र व्यवस्था गरिएको सीमित उपचारको बाटो पनि सोको आवश्यक प्रयोजनमा असफल भइसकेको भए पनि, ईएलएस लाई त्यस्तो क्षतिको बारेमा जानकारी गराइएको होस् वा नहोस्, यी प्रयोगका सर्तको कारणले वा तिनको सम्बन्धमा उत्पन्न मुनाफा गुमाउने, डेटा हराउने वा ख्याति गुमाउने, सेवामा अवरोध, कम्प्युटरमा क्षति वा प्रणाली विफलता वा वैकल्पिक उत्पादन वा सेवाको लागत लगायतका प्रत्यक्ष, अप्रत्यक्ष, आकस्मिक, विशेष, उदाहरणात्मक, परिआउने वा अन्य क्षतिको लागि वेबसाइट वा सामग्री सिर्जना गर्ने, उत्पादन गर्ने र डेलिभर गर्ने कार्यमा संलग्न ईएलएस वा अन्य कुनै पक्षले पनि दायित्व बहन गर्ने छैन। वेबसाइटमा अपलोड गरिएको कुनै तेश्रो-पक्षको सामग्री वा वेबसाइटबाट डाउनलोड गरिएका कुनै पनि सामग्रीको लागि ईएलएस तपाईँप्रति वा तेश्रो-पक्षप्रति दायित्व बहन गर्ने छैन। यी प्रयोगका सर्तको कारणले वा सोको सम्बन्धमा वा वेबसाइट वा सामग्रीको प्रयोगबाट वा प्रयोग गर्न नजानेको कारणबाट उत्पन्न कुल दायित्व कुनै पनि समयमा पच्चीस अमेरिकी डलर ($25) नाघ्ने छैन।

कुनै कुनै न्यायालयहरूले निश्चित प्रकारका क्षतिको लागि दायित्वबाट पञ्छिन दिँदैनन्। त्यसै गरी माथिका केही सीमाहरू कानुनले निषेधित गरेको हदसम्म लागू नहुन सक्छन्। त्यस्तो अवस्थामा ईएलएस को दायित्व प्रचलित कानुनले तोकेको हदसम्म सीमित हुनेछ।

यदि तपाईँ वेबसाइटका कुनै अंशदेखि, वा यी प्रयोगका सर्त वा वेबसाइटमा लागू हुने अन्य कुनै नीतिको विषयमा असन्तुष्ट हुनुहुन्छ भने तपाईँको एकमात्र अनि विशेष समाधान वेबसाइट प्रयोग गर्न बन्द गर्नु हुनेछ। यो एकमात्र अनि विशेष समाधान ईएलएस को दायित्व वा तपाईँको उपचारदेखि अलग र स्वतन्त्र हुनेछ।

अनुकूल कानुन

हाम्रो वेबसाइट न्यू जर्सी, अमेरिकामा अवस्थित ईएलएस द्वारा सञ्चालित छ। वेबसाइटको प्रयोग गरेर, तपाईँ विश्वभर जहाँ बसोवास गर्ने वा रहे तापनि तपाईँ प्रयोगका यी सर्त र यससँग सम्बन्धित कुनै पनि कारवाही, यसका कुनै प्रावधान कानुन विरुद्ध भए तापनि, न्यू जर्सी राज्यको कानुनद्वारा सञ्चालित हुनेछ। यी प्रयोगका सर्तसँग सम्बन्धित विषयवस्तुको बारेमा हुने कारवाहीको लागि विशिष्ट अधिकारक्षेत्र र कार्यक्षेत्र न्यू जर्सीमा अवस्थित राज्य र संघीय अदालत हुनेछ, र प्रत्येक सम्बन्धित पक्षहरूले अधिकारक्षेत्र र स्थानको बारेमा आपत्ति जनाउने छैनन्।

स्वीकृति

वेबसाइटहरूको प्रयोग गरेर प्रयोगकर्ताले सबै प्रकारका प्रयोग र त्यसबाट आउने परिणामको नियमन गर्ने यो प्रयोगका सर्तमा व्यवस्था गरिएका नियम र सर्तहरू स्वीकार गरी तिनको पालना गर्न सहमत हुन्छन्।

परिमार्जन

ईएलएस ले वेबसाइट र यस प्रयोगका सर्तमा उल्लिखित नियम र सर्तहरूमा कुनै पनि समय, कुनै सूचना बिना परिमार्जन गर्न सक्छ। यदि हामीले यी प्रयोगका सर्तहरूमा परिमार्जन गर्‍यौँ भने, हामीले संशोधन वेबसाइटमा राख्नेछौँ। तपाईँले वेबसाइट प्रयग गरिरहनुको अर्थ यी नियम र सर्तहरूमा भएका कुनै पनि संशोधनलाई स्विकार्नुभएको छ भन्ने बुझिन्छ।

विविध

यदि प्रयोगका सर्तको कुनै अंश गैरकानुनी, निरर्थक वा लागू गर्न नसकिने किसिमको भएमा त्यो भाग रद्द गर्न योग्य हुनेछन् र बाँकी प्रावधानहरूको वैधता र लागू हुने कुरामा असर गर्ने छैन। प्रयोगका सर्तभित्र ईएलएस र तपाईँ बीचको पूरै सम्झौता रहेको छ।

चेतावनी:

यी नियमहरूको उल्लंघन गरेर गरिने ईएलएस वेबसाइटको कुनै पनि प्रयोग अत्याचार (अपराध) र/वा ईएलएस को अधिकारको हनन भएको मानिनेछ र तपाईँ बिरुद्ध कानुनी कारवाही हुनसक्छ।