क्यानडामा ELS को माध्यमबाट कलेज तथा विश्वविद्यालयमा सर्त सहितको भर्ना प्राप्त्ति पाउनुहोस्

ELS मा, क्यानाडाको अध्ययन संस्थानहरूमा आवेदन प्रक्रियालाई हामी सर्र्त पुरा हुने गरी भर्ना मा सहज बनाउँछौँ। सर्त सहितको भर्ना प्राप्त्ति क्यानडामा गराई तपाईँको व्यक्तिगत तथा व्यावसायिक सफलताको मार्गमा हामी तपाईँलाई स्थापित गर्न सक्छौँ।

के तपाईँसँग क्यानडामा ससर्र्त भर्नाको लागि आवश्यक योग्यताहरू छन्?

क्यानाडाको कलेज तथा विश्वविद्यालयहरूका छनौट तथा सर्र्त पुरा हुने गरी भर्ना नीतिहरू विभिन्न प्रकारका छन्। क्यानडामा ससर्र्त भर्ना गर्नका लागि सबै कलेज वा विश्वविद्यालयहरूमा प्रयोग गरिने केही आधारभूत मापदण्डहरू छन्।

ग्रेड पोइन्ट एभरेज (GPA):

प्राप्त गरेको जम्मा ग्रेड पोइन्टलाई परीक्षा दिएको जम्मा क्रेडिट घण्टाद्वारा भाग गरेर GPA निकालिन्छ।

देश विशेष निकास परीक्षा परिणाम:

प्रत्येक देशमा एउटा निकास परीक्षामा बस्नु पर्ने हुन्छ जसलाई कलेजमा प्रवेशका लागि प्रयोग गरिन्छ र यसको अङ्क रोजेको अध्ययनको विषय अनुसार फरक हुन्छ।

ग्र्याज्युएटको लागि आवश्यक योग्यताहरू:

तपाईँले ग्र्याज्युएट तहमा अध्ययन गर्न चाहेकै विषयमा अन्डरग्र्याज्युएट डिग्री पूरा गरेको हुनुपर्छ

अङ्ग्रेजीमा दक्षताको तह:

क्यानडामा ससर्र्त भर्ना प्राप्तिका लागि धेरैजसो अध्ययन संस्थानहरूमा एडभान्स्ड लेभलको आवश्यकता पर्छ।