अस्ट्रेलियामा उच्च शिक्षा संस्थानका प्रकारहरू

अस्ट्रेलियामा उत्तर-माध्यमिक शिक्षालाई निम्न अनुसार विभाजन गरिएको छ:

उच्च शिक्षा (अर्थात विश्वविद्यालय, ग्र्याज्युएट बिजिनेस स्कूल, थियोलोजिकल कलेज , आदि)

  • 45 प्रमुख अध्ययन संस्थान (प्राय सरकारी) तथा 85 अन्य अध्ययन संस्थानहरू

अस्ट्रेलियाको शैक्षीक संस्थाका प्रकारहरु वा विश्वविद्यालयले तपाईँले रोजेको क्षेत्रको उत्तम ज्ञान प्रदान गर्नुका साथै, अन्य क्षेत्रमा उपयोग गर्न सकिने शैक्षिक सीपहरू पनि प्रदान गर्दछ। तपाईँले स्वास्थ्य, विज्ञान, इन्जिनियरिङ वा कलाबारे मात्रै ज्ञान आर्जन गर्नु हुने छैन। तपाईँले स्वतंत्र र सृजनात्मक भएर कसरी सोच्ने भनेर पनि सिक्नुहुनेछ।

अस्ट्रेलियाको विश्वविद्यालय तथा अस्ट्रेलियामा उच्च शिक्क्षाका प्रकारहरु र अध्ययन संस्थानहरूमा विविध क्षेत्रमा स्नातक डिग्री तथा उच्च योग्यता प्राप्त गर्न सकिने अध्ययन कार्यक्रमहरू उपलब्ध छन्। शैक्षीक संस्थाका प्रकारहरु अस्ट्रेलियाको विश्वविद्यालयहरूमा आर्किटेक्चर देखि जूलोजी सम्मका विषयहरूमा अध्ययन गर्न पाइन्छ।

स्नातक डिग्री भनेको अस्ट्रेलियामा प्रदान गरिने सबभन्दा प्रचलित योग्यता हो। विशेष शोधमूलक तालीम तथा व्यावसायिक विकास पनि स्नातकोत्तर डिग्री तथा विद्यावारिधि डिग्रीका माध्यमबाट उपलब्ध गराइन्छ।

ग्र्याज्युएट सर्टिफिकेट तथा ग्र्याज्युएट डिप्लोमा पनि गर्न सकिन्छ। डिप्लोमाहरूको लोकप्रियता कम हुँदैछ, तथापि, एसोसिएट डिग्रीद्वारा आफ्नो पेसालाई अगाडि बढाउन चाहने पेसेवरहरूलाई अल्प-चक्रीय डिग्री अध्ययन अवसर प्रदान गरिन्छ।

व्यावसायिक शिक्षा तथा तालीम

  • 3,000 अध्ययन संस्थान (1000 राज्य प्राविधिक तथा थप शिक्षा [TAFE])
  • 1.5M विद्यार्थी (75% at TAFE)
  • 60% राज्यको-अनुदानप्राप्त, 25% संघीय-अनुदानप्राप्त)

विश्वविद्यालयमा प्रवेश प्रमुख रूपमा राज्यको आ-आफ्नो अन्तिम वर्षको मूल्याङ्कन (परीक्षा/कार्य) को परिणाम स्वरूप राष्ट्रव्यापी टरशियरि एड्यूकेशन र्र्याङ्किङ (TER) मा आधारित रहन्छ।

प्रत्येक राज्यमा व्यावसायिक शिक्षा तथा तालीम (VET) अथवा प्राविधिक तथा थप शिक्षा (TAFE) प्रणाली हुन्छ। VET ले मानिसहरूलाई विश्वविद्यालय डिग्रीको जरुरत नपर्ने पेसामा काम गर्न तयार पार्छ। प्रत्येक राज्यले आफ्नो प्रणालीको व्यवस्थापन गर्ने र उनीहरूको कामको समन्वय गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा बैठक गर्ने गर्दछन्। VET सबै राज्यहरू माझ स्थानान्तरण गर्न सकिन्छ। एउटा राज्यमा अध्ययन गरेको सीपले अर्को राज्यमा पनि सोही मान्यता पाउँछ। सामान्यतया, VET/TAFE कोर्समा दुई वर्षको अध्ययन गर्नु पर्छ।

राष्ट्रिय सरकारले सम्पूर्ण राज्यका विश्वविद्यालयहरूका लागि रकम उपलब्ध गर्दछ। प्रत्येकले स्वायत्त रूपमा यसको सञ्चालन गर्दछन्। उनीहरू आ-आफ्नो कोर्स तथा कोर्स अन्तर्गत विषय वस्तुहरू निर्धारण गर्छन्। कुनै कोर्स चलाउन एउटा प्रोफेशनल बडीले प्रमाणित गरेको हुनुपर्छ। सामान्यतया, विश्वविद्यालय पाठ्यक्रममा तीन वा चार वर्षको अध्ययन गर्नु पर्छ।

काम गर्ने ठाउँमा, रोजगारदाताहरू सहमत भएको कोर्स तथा परिणामहरूको प्रयोग गरि रोजगारका लागि तालीमको मापदण्डहरू निर्धारण गर्दछन्। धेरैवटा उद्योग तथा व्यावसायहरूमा उनीहरूको कर्मचारीहरूलाई निरन्तर तालीम प्रदान गर्ने गर्दछन्। यी केही तालीमहरू पूरा गरेपछि योग्यता पनि बढ्दै जान्छ।