क्यानाडामा किन अध्ययन गर्ने?

एउटा सुदृढ शैक्षिक एवं सकारात्मक अन्तर्राष्ट्रिय अनुभव नै उत्साहजनक तथा सफल भविष्यको आधार हुने भएकोले विद्यार्थीहरू क्यानाडालाई रोज्छन्। यो निर्णयको प्रमुख कारण भनेको गुणस्तर, कम खर्च तथा प्रख्यात शोधका अवसरहरू हुन्। सम्पूर्ण क्यानाडाको विश्वविद्यालय क्याम्पसहरूमा बहु-सांस्कृतिक वातावरण, सुन्दर परिवेश र मिलनसार मानिसहरू पाइन्छन्।

व्यापार, राजनैतिक कुटनीति, प्राध्यौगिकि, कला तथा संस्कृतिको क्षेत्रमा एउटा अगुवा — क्यानाडाको शैक्षिक प्रणाली सफलताको प्रमुख रहस्य हो र यहाँबाट उत्तीर्ण हुने विद्यार्थीहरू विश्वमा सदैव अगाडि हुन्छन्।

उच्च माध्यामिक विद्यार्थी सूचना प्रणाली (PSIS) अनुसार, क्यानाडेली विश्वविद्यालयमा सन 1992 मा भर्ना हुने सम्पूर्ण विद्यार्थीहरू मध्ये अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या 4% थियो। सन् 2008 मा, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या दोबर भएर, क्यानाडामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू मध्ये 8% प्रतिशत पुगेको थियो। क्यानाडेली विश्वविद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा वृद्धि भएर सन् 1992 को 36,822 बाट सन् 2008 मा 87,798 पुगेको कारणले नै यो परिवर्तन आएको हो।

समग्रमा, विद्यावारिधि तथा स्नातकोत्तर अध्ययनमा भर्ना हुने विद्यार्थीहरूको सङ्ख्यामा कमी आएको छ। यसको विपरीत, स्नातक कक्षाहरूमा भर्ना भएका विद्यार्थीहरूको योगदान भने 1992 को 55% बाट 2008 मा 67% पुग्यो। अन्तर्राष्ट्रिय विद्यार्थीहरू मध्ये, सन् 1992 मा एसियाका विद्यार्थीहरू 49.8% प्रतिशत थिए जुन 2008 मा बढेर 52.7% पुगेको छ। यस पछिको सर्वाधिक सङ्ख्या युरोपको छ, जसको अंश सन् 1992 मा 16.3% र 2008 मा 17.9% रहेको छ।

हाम्रा केही क्यानाडेली विश्वविद्यालय वा महाविद्यालय साझेदार संस्थानहरूमा अध्ययन गर्ने क्रममा, विद्यार्थीहरू क्याम्पसबाट बिदाको बेला आंशिक कालीन कार्य अनुमतिका लागि योग्य पनि हुन सक्छन्। आफ्नो पढाइ सिध्याएर, उनीहरू तीन वर्ष सम्मको लागि पोस्ट ग्र्याजुएट कार्य अनुमति पाउन सक्ने हुन सक्छन्।

क्यानाडेली विश्वविद्यालय तथा महाविद्यालयहरूमा कला देखि जीव विज्ञान, वाणिज्य, खगोल शास्त्र, मिडिया अध्ययन, तथा धर्म सम्मका विषयहरूमा शिक्षा ग्रहण गर्न सकिन्छ। हाल, यी विश्वविद्यालय तथा विश्वविद्यालय अन्तर्गत महाविद्यालयहरूमा 10,000 भन्दा बढी अन्डरग्र्याजुएट तथा ग्र्याजुएट, व्यावसायिक तथा प्रमाणपत्र तहको शिक्षा प्रदान गरिन्छ।